८ घण्टा उमेर भएका पनि सांसद रहेछन् नेपालमा कुनै बेला
प्रकाशित २०७४ फागुन १६ बुधबार
438
Shares
काठमाडौं । संघीय संसद सचिवालयले नयाँ वेभसाइट ल्याइएको छ । पुरानो वभेसाइटको लिंक सहित । तर, कतिपय ठाउँमा गर्नै नहुने र गर्नै नपाउने गल्ती फेला परेको छ । “संघीय संसद सदस्यहरु“ मेन्युमा क्लिक गरेर खोज्दा २०७० को संसदमा ८ घण्टा मात्रै उमेर भएका मान्छे पनि सांसद रहेछन् ।
ती व्यक्ति रहेछन्ः नेकपा संयुक्तका कन्चनपुरका समानुपातिक सांसद जयदेव जोशी । उनको तस्वीर पनि राखिएको छ, सचिवालयको लोगो सहित । उमेर मात्रै होइन, उनको तस्वीरको क्याप्सन लेख्ने ठाउँमा संघीय संसद सदस्य २०७० लेखिएको छ, लोगो सहित । के त्यतिबेला नेपालमा संघीय संसद बनिसकेको थियो ?