arrow

प्रदेश ३ मा दोस्रो पटक मन्त्रिपरिषद विस्तार

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
pradesh-3.jpg

हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले बुधबार मन्त्रीपरिषद विस्तार गरेका छन् । दोस्रो पटक ३ जना नेकपा एमाले र १ जना माओवादी केन्द्रबाट मन्त्री थपिएका हुन् ।

विस्तारित मन्त्रीपरिषदको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा अरुणकुमार नेपाल, आर्थिक मामिला तथा योजनामन्त्रीमा कैलाशप्रसाद ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दावा दोर्जे लामा र सामाजिक विकास मन्त्रीमा युवराज दुलाल रहेका छन् । दुलाल माओवादी केन्द्रबाट हुन् भने अन्य ३ जना नेकपा एमालेका हुन् । मन्त्रीहरुलाई ३ नम्बर प्रदेश कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथग्रहण गराएकी थिईन् ।

कार्यक्रममा मूख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीहरु शालिकराम जम्मकट्टेल, केशव स्थापित लगायतको सहभागिता रहेको थियो । यो विस्तारसंगै ३ नम्बर प्रदेशको मन्त्रीपरिषद ७ सदस्यीय भएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ