arrow

दोस्रो वार्मअपमा नेपालको भिडन्त हङकङसंग हुँदै

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
cricket-nepal.JPG

काठमाडौं । जिम्बाबेमा हुने आर्इसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो वार्मअप खेलमा नेपालले बिहिबार हङकङसंग खेल्दैछ । 

खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । यो खेलपछि नेपालको असली भिडन्त सुरु हुनेछ । 

यसअघि भएको पहिलो वार्मअप खेलमा नेपालले चिरपरिचित प्रतिद्धन्द्धी युएईलाई ५ विकेटले हराएको थियो । 

ब्याटिङ्गमा समस्या खेप्दै आएको नेपालको मध्यक्रमको ब्याटिङ चलेपछि १७२ रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छँदै पूरा गरेको हो । 

शरद भेषावकरले ५४ बलमा नटआउट ४१ तथा दीपेन्द्र सिंह ऐरीले ३२ बलमा ४१ रन बनाए पछि नेपाल सहजै बिजय भयो । 

त्यस्तै आरिफ शेखले १५ बलमा नटआउट २३ रन जोडे । नेपालको ओपनिङ पार्टनरसिप भने अझै जम्न सकेको छैन ।

यसअघि वर्षाले २९ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको युएईले २८।५ ओभरमा अलआउट हुँदै १७१ रन बनायो । 

अस्फाग अहमदले ४२ रन बनाए । ललित भण्डारीले ४, करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिए । 

नेपाल र युएई वल्ड क्रिकेट लिग डिभिजन टु बाटै विश्वकप छनोट खेल्न पाएका हुन् । 

नेपालले उपाधि भिडन्तमा युएईसंग ७ रनको तितो हारको सामना गर्दै जिम्बावेको टिकट काटेको थियो । 

१० टिम सहभागी प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । 

नेपालको समुहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।

नेपालको असली भिडन्त भने फागुन २० गते आइतबारबाट सुरु हुनेछ । नेपालको पहिलो खेल आयोजक जिम्बावेसंगै हुनेछ । 

यसअघि विश्वकप छनोटको ट्रफी सार्वजनिक भएको छ । हरारेमा आयोजित एक विशेष समारोहबीच जिम्बाबेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले ट्रफी सार्वजनिक गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ