- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको अग्रता फराकिलो भएको छ ।
सिटीले आर्सनललाई उसकै मैदानमा बिहिबार राति ३–० ले हरायो ।
मध्यान्तरअघि नै ३ गोल गरेको सिटीलाई जिताउनका लागि बर्मार्डो सिल्भा, डेभिड सिल्भा र लेरोए सानेले १–१ गोल गरे ।
कमजोर खेलेको आर्सनलका लागि पेरे एमेरिक औबामेले ५३ औं मिनेटमा पाएको पेनाल्टी पनि गोल गर्न चुके ।
जितपछि म्यान्चेस्टर सिटी केही खेलअघि (पाँच खेलअघि नै) उपाधि जित्ने पक्का जस्तै भएको छ ।
२८ खेलबाट ७५ अंकका साथ सिटी शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ५९ अंक छ ।
लिभरपुलको ५७, टोटनह्यामको ५५, चेल्सीको ५३ र आर्सनलको ४५ अंक छ ।