arrow

पाँचौ प्राचिन कपिलवस्तुको महोत्सव तयारी पुरा

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ फागुन १९ शनिबार
kapil_(3).jpg

कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा सुरु हुने पाँचौ कपिलवस्तु महोत्सवको तयारी पुरा भएको छ । पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने उद्देश्यले तौलिहवाको बुद्धपदम उमाबिको मैदानमा यही फागुन २० देखि ३० हुने महोत्सवको भारतकालागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 महोत्सव आयोजक समिति तौलिहवा उद्योग बाणिज्य संघले राखेको पत्रकार सम्मेलनमा सो जनकारी गराईएको हो । “कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रबद्र्धन, पर्यटन, कृषी, उधोग र व्यापार “  भन्ने नाराकासाथ  हुने लागेको  महोत्सवको तयारी पुरा भएको संघका अध्यक्ष तथा महोत्सवका संयोजक गयादीन कुर्र्मीले बताए ।

 बिगत ४ बर्ष देखि सदरमुकाम तौलिहवामा लाग्दै आएको  महोत्सव रातिको सयममा लाग्ने गरेको छ । संघका जिल्ला अध्यक्ष गयादीन कुर्मीले रातिको सयममा लाग्ने महोत्सव देश मै पहिलो भएको दाबी गरे । रातिको सयममा महोत्सव संचालन हुने भएकाले महोत्सवको सुरक्षाका बिषमया स्थानीय प्रशासनसंग समन्वय गरिएको अध्यक्ष कुर्मीले बताए । ऐतिहासिक र पर्यटकीय स्थलको प्रचारप्रसार, स्थानीय उत्पादनहरुलाई बढवा दिने उद्दश्यले महोत्सव राखिएको हो ।

  महोत्सवमा कृषि, पर्यटन,  ब्यापार, बाल उद्यान, मनोरजंन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरुका रहने संघका सचिव अुर्जन चापागाईले बताए । बुद्ध परिपथम महोत्सवको प्रमुख आकषंक केन्द्र रहने चापागाईले बताए । महोत्सवमा राष्ट्रिय, स्थानीय तथा भोजपुरी कलाकारहरुको प्रर्दशनी रहने छ । ढेड लाख दर्शकहरुले महोत्सवको अवलोकन गरी १ करोड बढीको करोवार हुने संघको कोषाध्यक्ष अनन्त भारतीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ