रौतहट । मकावानपुर जिल्लाको खैराङ गा बि समा विस बर्ष देखि ओडार मा बस्दै आएका चेपाङ बृद्धलाई रौतहटको चन्द्रनिगाहपुरका एक रिक्सा चालकले सहयोग सामग्रीहरु वितरण गरेका छन् ।
नागरिकता नभएपनि ८२ बर्ष भएको अनुमान गरिएका बृद्धलाई चन्द्रनिगाहपुरका रिक्साचालक केदार तिमील्सीनाले दुई थान कम्मल, दुई बोरा चामल र स्विटार वितरण गरेका हुन् ।
विस बर्ष देखि ओडारमा बस्दै आएका ति चेपाङबृद्धलाई केहीदिन अघि मात्रै चितावनको रत्ननगरमा रहेको गामवेसी चेपाङ संरक्षण केन्द्र मा राखिएको छ ।