arrow

यातायात कार्यालयमा विचौलियालाई रोक्न कानूनमन्त्रीको निर्देशन

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ फागुन २३ बुधबार
kanun.jpg

पोखरा। प्रदेश  चारका आन्तरिक मामिला तथा कानून मन्त्री हरीवहादुर चुमानले यातायात व्यवस्था कार्यालय पोखरामा विचौलियाको प्रवेशलाई रोक्न निर्देशन दिएका छन् । यातायात व्यवस्था विभागको सवारी कार्यालय पृथ्वीचोक पोखराको मंगलवार अनुगमन तथा निरिक्षणका क्रममा मन्त्री चुमानले यस्तो निर्देशन दिएका हुन् ।

सेवाग्राहीलाई सरल तरिकाले सेवा प्रदान गर्न कार्यालयमा स्थापना गरिएको सहायता कक्षलाई वढी प्रभावकारी वनाउनुपर्ने वताउदै मन्त्री चुमानले कर्मचारी संयन्त्रवाटै सेवाग्राहीलाई सवै सेवा प्रदान गर्न निर्देशन दिए । ‘सर्वसाधारणले वेलैमा सेवा पाउन कर्मचारी संयन्त्रलाई चुस्त राख्नुहोस, यातायात व्यवस्था कार्यालयले जिम्मेवार पुर्वक काम गरेको छ भन्ने अवस्थाको सृजना गर्नुहोस’ उनले भने । प्रदेशले खासगरि के कस्ता कुरामा सुधार ल्याउदा प्रदेसको आर्थिक श्रोतलाई वढाउन सकिन्छ त्यसको खाका ल्याउन  उनले कर्मचारीलाई आग्रह गरे ।  

‘देश वदल्ने आन्दोलनमा ज्यान गुमाउनेको संख्या भन्दा दिनहुँजसो हुने सडक दुर्घटनावाट ज्यान गुमाउनेको संख्या वढी हुने गरेको छ’– उनले भने ‘२० वर्षे पुराना गाडीलाई विस्थापित र सडकको स्तरोन्न्ती गर्न सके दुर्घटनामा कमी ल्याउन सकिन्छ ,  यस तर्फ कडाईका साथ लाग्नुहोस ।’ सडकको असुरक्षाका कारण दिनहुँजसो गंभिर दुर्घटना हुने गरेका छन् । नेपालमा नयाँ गाडी भित्र्याउदा व्यवसायीले आधुनीक मोडलका गाडी भन्दा पुरानो मोडलका गाडी भित्र्याउने गरेको भन्दै यस्लाई नियन्त्रण गर्न मन्त्री चुमानले निर्देशन दिए ।  प्रदेशले खासगरि राजस्व संकलन हुने कार्यालयहरुमा जनताले सहज रुपमा राजस्व कसरी तिर्न सक्छन भन्ने बिषयमा खाका ल्याउन पनि मन्त्री चुमानले कर्मचारीलाई आग्रह गरेका छन ।

पुरानो संरचना अनुसार काम गर्दा समस्या आउनसक्नेतर्फ सचेत गराउदै उनले यातायात संवन्धी प्रादेशिक कानून वनाउदा राष्ट्र र जनताको हितमा हुनेगरी सुझाव दिन कर्मचारीलाई आग्रह गरे । यस अघि यातायात कार्यालय पृथ्वीचोकका प्रमुख अच्युतराज रेग्मीले कार्यालयको जनशक्ति, सवारी दर्ताको अवस्था, कार्यालयमा राजश्वको अवस्था प्रदेशमा यातायातको अधिकार सुची सम्वन्धी जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ