arrow

नेताप्रति बफादार हुने परिपाटीबारे के भन्छन् काँग्रेस नेता ?

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
Congress-three-leader.jpg.jpeg
काठमाडौं । काँग्रेस कार्यकर्ताहरु पार्टी प्रति भन्दा नेता प्रति बफादार भएको भनी एक सर्वेक्षणले देखाएको नतिजा प्रति काँग्रेस नेताहरुले गंभिर चिन्ता व्यक्त गरेका छन् । 
 
हाम्राकुराबाट केहीदिन पहिले सार्वजनिक भएको सर्वेक्षणको नतिजाबाट देखिएको नेता प्रति बफादार हुने प्रबृत्तिलाई काँग्रेस नेताहरुले पार्टीका लागि कालो बादलको रुपमा लिएका छन् ।  प्रस्तुत छ केही नेताहरुको प्रतिक्रिया ः 
 
मानबहादुर विश्वकर्मा 
काँग्रेसको निति तथा कार्यक्रम समितिका सदस्य 
 
यो सर्वेक्षणले देखाएको नजिजा मलाई अविश्वासिलो लागेन । हो, काँग्रेसमा त्यस्तै छ । यो पार्टीका लागि निकै खतरनाक कुरा हो । तत्काल यस तर्फ पार्टीले र कार्यकर्ताले ध्यान दिनु पर्छ । नेताले त आफु प्रति बफादार गराउन खोज्छन् नै, तर कार्यकर्ताहरुले यस्लाई परिवर्तन गर्न सक्नु पर्दछ । त्यस तर्फ लागिएन भने यो पार्टी रहदैन व्यक्तिको समुहजस्तो मात्रै हुन्छ । कार्यकर्ता नेता प्रति होईन पार्टी प्रति बफादार हुनु पर्छ । 
 
चन्द्र भण्डारी 
काँग्रेसको निति तथा कार्यक्रम समितिका सदस्य 
 
कुनै पार्टी पार्टीका नेता नेता प्रति बफादार हुनु निकै नराम्रो संकेत हो । पार्टीमा व्यक्तिवादी प्रबृत्ति भएकाले कार्यकर्ताहरु व्यक्ति प्रति वफादार भएका हुन् । काँग्रेसका निति तथा कार्यक्रमहरु नराम्रा छैन, समाज नराम्रो छैन, संस्कृति नराम्रो छैन, तर त्यसलाइ हाक्ने नेतृत्व कमजोर भयो, व्यक्तिवादी भयो, व्यक्तिगत घेरा भन्दा माथी उठ्न नसकेकाले यस्तो भएको हो । पार्टी बलियो भयो भने म बलियो हुन्छ भन्ने भावना न नेतामा छ न कार्यकर्तामा छ । त्यसैले पार्टी प्रति वफादार नभएका हुन्, त्यसमा कार्यकर्ताको दोष छैन, नेताले नै पार्टी प्रति भन्दा आफु प्रति बफादार बन्न सिकाउछन कार्यकर्ताहरुलाई । पहिला आफु, त्यसपछि परिवार, पैसावाल, गुट, अनि वल्ल पार्टीले प्राथमिकता पाउने गरेको छ । जवसम्म पार्टी र नेतृत्वलाई संगै लैजान सकिन्न, तव सम्म यस्तै भईरहन्छ । नेपालमा कुनै नेता नेता जस्तो बन्ने सकेनन्, कुनै पार्टी पार्टी जस्तो बन्नै सकेनन्, गुट, उपगुट र क्लव जस्तो मात्रै भए । यस्लाई चिर्ने उपाय काँग्रेसले आउदो महाधिबेशमा खोज्नु पर्छ । 
धनराज गुरुङ
काँग्रेसको निति तथा कार्यक्रम समितिका सदस्य 
 
पार्टीमा निति भन्दा नेता प्रधान भएकाले कार्यकर्ता पनि पार्टी तथा निति प्रति भन्दा नेता प्रति बफादार भएका हुन् । पार्टी विधानले चल्नु पर्छ न की नेताको निर्देशनले । विधान वमोजिम चल्ने भए पो विधान प्रति बफादार हुनु, नेता वमोजिम चल्ने भएकाले नेता प्रति बफादार हुनु स्वभाविक नै हो । नेताको मनोमानीले यस्तो भएको हो । पार्टीमा निति नै यस्तो हुनु पर्छ की नेताले होईन तोकिएको मापदण्डले मुल्यांकन हुनु पर्दछ । मुल्यांकनका लागि वैज्ञानिक र व्यवहारिक आधारहरु बनाउनु पर्दछ । अनि मात्र कार्यकर्ताहरु पार्टी प्रति बफादार हुन्छन्, नेताको मुख ताक्नु पर्दैन । यहाँ त पार्टी प्रति बफादार हुनेहरु पछाडी पर्ने र नेता प्रति बफादार भई उनीहरुको चाकडी गर्नेहरुको मात्रै हालीमुहाली हुन्छ । मुल्यांकनको स्पष्ट मापदण्ड नभएकाले यो कार्यकर्ताहरुको वाध्यता हो । सधै यसरी चल्दैन, कार्यकर्ताको काम र भूमीकाको मुल्यांकनका लागि स्पष्ट मापदण्ड बनाएर कार्यान्वयन हुनु पर्दछ । 
जीवन बहादुर शाही 
काँग्रेसको निति तथा कार्यक्रम समितिका सदस्य 
 
यसमा मेरो फरक विचार छ । नेता प्रति बफादार हुनु स्वभाविक हो । पार्टी निर्जिव हुन्छ, त्यो आफै चल्दैन । त्यसलाई चलाउने कुनै नेता हुन्छ । त्यो नेता कस्तो हुन्छ अर्थात् कुन नेता आफुलाई ठिक लाग्छ, त्यही नेताको समर्थन गर्नु ठिक त हो नी ? नेता अनुसार त हो पार्टी चल्ने । नेता गतिलो भएन भने पार्टीप्रति जति बफादार भएपनि, पार्टीको निति जति राम्रो भएपनि चल्न सक्दैन, त्यसैले नेता प्रधान हुनु स्वभाविक लाग्छ मलाई । अर्को कुरा पार्टी भित्र पनि नेता अनुसार विचार तथा वाद फरक फरक भएको भए यो वाद ठिक उ वाद बेठीक भन्ने ठाँउ हुन्थ्यो । काँग्रेसको त्यस्तो छैन । सवै नेताको वाद तथा विचार एउटै भएकाले विचार छान्ने ठाउ नभएपछि छान्ने त नेता नै हो । नेताको क्षमता र गुणका आधारमा उस प्रति भरोसा गर्नुलाई नराम्रो मान्न मिल्दैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ