arrow

एन्फाका ७४ मतदातामा कर्मा छिरिङ्गको पक्षमा खुले ४३ जना

फुटवलका हस्तीहरु पनि खुले कर्माको पक्षमा

logo
  बद्रि भट्टराई,
प्रकाशित २०७४ फागुन २३ बुधबार
anfa-karma-pannel.jpg

पोखरा। अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनको तयारीका क्रममा पोखरामा कर्मा छिरीङ शेर्पा समुहले शक्ति प्रदर्शन गरेको छ। परिवर्तन पक्षधर भनिएको शेर्पा समुहले प्रदेश नं ४ मा आयोजना गरेको विेशष भेलामा ४३ जना मतदाताले खुलेर शेर्पाको समर्थन गरेका छन्। 

कास्कीको तमु सौपालको हलमा भएको कार्यक्रममा काठमाडौका डिभिजन क्लबहरु सहित मोफसलका बहुमत जिल्लाहरुले समर्थन जनाएको फुटबल शुद्दिकरण अभियानका अभियन्ता पंकज नेम्वाङ्गले बताएका छन्। अझै १० मत सुरक्षित रहेको र हालसम्म ५३ मत परिवर्तनको पक्षमा आइसकेको दावी कार्यक्रममा गरिएको थियो । 

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल थिए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका मानार्थ अध्यक्ष समेत रहेका टासी घले, पूर्व राष्ट्रिय खेलाडी एवम् प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पूर्व राष्ट्रिय क्याप्टेनहरु उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, हरी खड्का, राकेश श्रेष्ठ, प्रशिक्षक संघका अध्यक्ष विनोद लामा सहितका फुटबलकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो। 

कार्यक्रममा विभिन्न जिल्लाका प्रतिनिधीहरुले यस पटक परिवर्तन नभए नेपाली फुटबलको दुर्गती हुने बताउदै सबै एकजुट भएर फुटबलमा नयाँ युगको सूरुवात गर्ने बताएका थिए। एन्फा निर्वाचनमा ७४ जना मतदाताहरु रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ