arrow

अर्थमन्त्रीको अभिव्यक्ति बृद्धभत्ता ५ हजार बनाउने घोषणाको विपक्षमा 

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
arthamantri.jpg

काठमाडौं । 'सामाजिक सुरक्षाका विभिन्न आयामहरु हुन्छन् । सामजिक सुरक्षा भनेको पैसा मात्रै हो भन्ने स्थापित हुन खोजिरहेको छ । नगद प्रवाहमा आधारित सामाजिक सुरक्षामा पूनमुल्यांकन हुनेछ । स्वास्थ्य बीमा, आवास, शिक्षा, खाद्यान्न लगायतका अवसरहरुमा यसलाई जोड्नु आवश्यक छ । यी कुराहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने हो । सामाजिक सुरक्षाका नाममा हामीले नगद मात्रै प्रवाह गरिरहेका छौं । त्यसले केहि विकृति ल्याएको छ, त्यसलाई हामी व्यवस्थित गर्छौं ।'

यो अभिव्यक्ति अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार वार्षिक बजेटको अर्थवार्षिक समीक्षाको क्रममा प्रस्तुत गरेका हुन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले दिएको यो अभिव्यक्ति बाम गठबन्धनले चुनाव अघि ल्याएको सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने निर्णय गरेको थियो । यस्तो अवस्थामा घोषणापत्रको सो व्यवस्था कसरी सम्बोधन होला भने चासो सुरु भएकोछ । 

वास्तवमै अघिल्लो पटक वितरणमुखी बजेट ल्याएको भनेर आलोचनाको पात्र बनेको बाम गठबन्धनको घोषणापत्र विपरितहुने गरी अर्थमन्त्रीले दिएको सो अभिव्यक्तिलाई भने धेरैले स्वागत योग्य भनेका छन् । अर्थमन्त्री खतिवडाले चुनौतीका बीच आफ्नो कार्य सम्हालिरहेकोबेला यस्ता वितरणमुखी योजनालाई रोक्न सकेभने पनि मुलुकले वित्तीय व्यवस्थापनमा केही सकारात्मक फड्को मार्न सक्ने देखिएकोछ । 

अर्थमन्त्री खतिवडाले स्रोत सुनिश्चित नभएका आयोजनाहरुको अवस्था हेरेर पूनमुल्यांकन गरिने बताएका छन् । आयोजनाहरु प्रारम्भिक चरणमै छन् भने खारेज गरिने समेत उनले स्पष्ट पारे । कार्यान्वयनको चरणमा छन भने परिमार्जन गरेर सहि ढंगले अघि बढाउने र हिजो अस्वभाविक ढंगले स्वीकृत गरिएका आयोजनाहरुको लिगेसी बोकेर यो सरकार नचल्ने पनि खतिवडाले स्पष्ट पारेका छन्। श्वेतपत्र मार्फत आफ्ना योजना अघि सार्ने सोँचमा आफूहरु रहेको पनि उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ