arrow

यू–१९ विश्वकप : भारतसामु नेपालको १ सय ७० रनको चुनौती

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
nepal-VS-india-ne-photo.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरण अन्तिम खेलमा नेपालले भारत सामु १ सय ७० रनको चुनौती पेश गरेको छ । मिरपुरमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रनको योफल बनायो । नेपालका लागि सन्दिप सुनार, आरिफ शेख, राजविर सिंह र प्रेम तामाङले सम्मानजनक प्रदर्शन गरे ।   
 
प्रेमले नेपालका लागि उत्कृष्ठ प्रदर्शन गरे । उनले १ छक्का २ चौकाको मद्दतले अविजित २९ रन बनाए । ओपनर सन्दिपले सर्वाधिक ३७ रन बनाए । छैटौं विकेटका लागि राजविर सिंहले ३५ रन बनाए । यस्तै, चार चौका प्रहार गरेका आरिफ शेख २६ रन जोडेर आउट भए ।  बलिङतर्फ भारतीय बलर अभेस खानले ३ विकेट लिए । मायाङ्क डगर र वासिङटन सुन्दरले समान २–२ विकेट लिए । भारतले जवाफी व्याटिङ  गरिरहेको छ ।   

 

  • नेपालको इनिङ सकियो । ८ विकेटको क्षतिमा १ सय ६९ रन ।  12:38:01

  • १ ओभर बाँकी ।  12:27:54

  • नेपालको पहिलो छक्का ।  प्रेम तामाङले छक्का प्रहार गरे ।  12:26:45

  • यसअघि, सन्दिप सुनार र आरिफ शेखले समान ४–४ चौका प्रहार गरेका थिए ।  12:25:54

  • प्रेम तामाङको दोस्रो चौका ।  12:25:01

  • नेपालको चौका ।  12:24:11

  • ४६ ओभर सकियो । २ ओभर बाँकी  12:23:32

  • ८ विकेटको क्षतिमा १५१ रन ।  12:21:42

  • सुशील कंडेल क्रिजमा । १८ बलका लागि प्रेम तामाङसंग साझेदारी गर्नु पर्ने ।  12:18:24

  • ६८ बलमा ३५ रन बनाउँदै राजविर सिंह क्याच आउट ।  राजविर र प्रेमले ५० रनको साझेदारी गरे ।  12:16:30

  • नेपालको आठौं विकेट पतन ।  12:15:54

  • ६७ बलमा राजविर ३५ रन । प्रेम २८ बलमा १५ रन ।  12:15:25

  • ४४ ओभर सकियो । १ सय ४३ रन । ४ ओभर बाँकी  12:13:07

  • रन रेट ३.२३ । २३ ओभरमा ४.६० रन रेट थियो ।  12:11:28

  • ४३ ओभर सकियो । ७ विकेटको क्षतिमा १४० रन ।  12:09:37

  • घाइते अभेस मैदान छिरेपछि उनको पहिलो बलमै प्रेम तामाङले चौका प्रहार गरे ।  12:07:08

  • नेपालको चौका ।  12:05:34

  • घाइते भएका अभेस खान मैदान छिरे । बलिङमा अभेस ।  12:05:11

  • ४२ ओभरमा १३५ रन । ६ ओभर बाँकी  12:03:53

  • राजविर ६२ बलमा ३२ रन । प्रेम १५ बलमा ७ रन । 12:02:18

  • ४१.२ ओभरमा विकेटको क्षतिमा १२३ रनमा: नेपाल 12:00:15

  • विकेट पतनबाट बच्यो नेपाल । क्रिजमा प्रेम तामाङ र राजविर सिंह ।   11:58:29



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ