यू–१९ विश्वकप : भारतसामु नेपालको १ सय ७० रनको चुनौती
प्रकाशित २०७२ माघ १८ सोमबार
1.7k
Shares
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरण अन्तिम खेलमा नेपालले भारत सामु १ सय ७० रनको चुनौती पेश गरेको छ । मिरपुरमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रनको योफल बनायो । नेपालका लागि सन्दिप सुनार, आरिफ शेख, राजविर सिंह र प्रेम तामाङले सम्मानजनक प्रदर्शन गरे ।
प्रेमले नेपालका लागि उत्कृष्ठ प्रदर्शन गरे । उनले १ छक्का २ चौकाको मद्दतले अविजित २९ रन बनाए । ओपनर सन्दिपले सर्वाधिक ३७ रन बनाए । छैटौं विकेटका लागि राजविर सिंहले ३५ रन बनाए । यस्तै, चार चौका प्रहार गरेका आरिफ शेख २६ रन जोडेर आउट भए । बलिङतर्फ भारतीय बलर अभेस खानले ३ विकेट लिए । मायाङ्क डगर र वासिङटन सुन्दरले समान २–२ विकेट लिए । भारतले जवाफी व्याटिङ गरिरहेको छ ।
नेपालको इनिङ सकियो । ८ विकेटको क्षतिमा १ सय ६९ रन । 12:38:01
१ ओभर बाँकी । 12:27:54
नेपालको पहिलो छक्का । प्रेम तामाङले छक्का प्रहार गरे । 12:26:45
यसअघि, सन्दिप सुनार र आरिफ शेखले समान ४–४ चौका प्रहार गरेका थिए । 12:25:54
प्रेम तामाङको दोस्रो चौका । 12:25:01
नेपालको चौका । 12:24:11
४६ ओभर सकियो । २ ओभर बाँकी 12:23:32
८ विकेटको क्षतिमा १५१ रन । 12:21:42
सुशील कंडेल क्रिजमा । १८ बलका लागि प्रेम तामाङसंग साझेदारी गर्नु पर्ने । 12:18:24
६८ बलमा ३५ रन बनाउँदै राजविर सिंह क्याच आउट । राजविर र प्रेमले ५० रनको साझेदारी गरे । 12:16:30
नेपालको आठौं विकेट पतन । 12:15:54
६७ बलमा राजविर ३५ रन । प्रेम २८ बलमा १५ रन । 12:15:25
४४ ओभर सकियो । १ सय ४३ रन । ४ ओभर बाँकी 12:13:07
रन रेट ३.२३ । २३ ओभरमा ४.६० रन रेट थियो । 12:11:28