arrow

भुटानी महारानी प्राचिन कपिलवस्तुमा

logo
मणि प्रसाद गैह्रे ,
प्रकाशित २०७४ फागुन २६ शनिबार
maharai_2.jpg

कपिलवस्तु । भुटानकी महारानी आसी साङदे छोदेङ्ग वाङचुकले शुक्रबार प्राचिन कपिलवुतुमा रहेको ३ महत्वुपुर्ण बुद्धस्थलको बुद्धस्थलको अवलोकन भ्रमण गरेकी छन् ।

महारानीसंगै आएकी राजकुमारी सहीतको टोलीले प्रचिन कपिलवस्तु स्थित बुद्ध स्थल निग्रचाधराम कुदान, तिलौराकोट र निगालीकोटको अवलोकन गरेका  हुन । महारानी सहीतको टोलीलाई लुम्बिनी विकास कोषका पुरातत्व विकास अधिकृत हिमाल उप्रेतीले ती स्थलको ऐतिहासिक पृष्ठमुभी र पुरातातित्वक महत्वका बारे जानकारी गराएका थिए । टोलीले तिलौराकोटको पश्चिमी, पुर्वीद्धारा र उत्खनन स्थलको समते अवलोनक गरेका थिए ।

सोक्रममा पुरातत्व अधिकृत  उप्रेतीले तिलौरोकोटको ऐतिहासिकता प्रमाणित हुदै गएको जानकारी गराएका थिए । बिश्व संपादा सुचीमा प्रस्तावित तिलौराकोट ३ बार्ष भित्र सुचीकृत हुने गरी कार्य अघि बढाईएको उनले बताए । यस्तै महारानी वाङचुकले निग्लिहवामा रहेको सम्राट अशोकद्वारा स्थापित अशोक स्तम्भको पसन अवलोकन गरिन् । निजी भ्रमणमा आएकी महारानी आसी साङदे छोदेङ्ग वाङचुकले यहाँ आउदा आफुलाई निकै शान्ति मिलेको कुराकानीकाक्रममा प्रतिक्रया दिएको प्रजिअ मदन भुजेलले बताए । महारनीले आफुलाई बुद्ध स्थलमा पाईला टेक्न पाउनु निकै गौरवको कुरा भएको बताएको प्रजिअल भुजेलले बताए । कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले महारानी वाङचुकलाई निग्रोधाराममा स्वागत गरेका थिए

। मेयर सिंह र लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले महारानी वाङचुकलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस अघि बिहीबार साँझ महारानी वाङचुकले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ अवलोकन गरेकी थिइन् । कोषका सूचना अधिकृत राजन बस्नेतले महारानीलाई लुम्बिनीको ऐतिहासिक र पुरातात्विक महत्वबारे जानकारी दिएका थिए । महारानीसँग ९ सदस्यीय टोली भुटानबाट नेपाल आएको छ ।

उनी भुटानका चौथौं राजा जिग्मेसिङगे वाङचुकका श्रीमती हुन् । निग्रोधराम कुदान बुद्धत्व प्राीत गरे पछि पहिलो पटक प्राचिन कपिलवस्तुमा आएर आफना परिवारहरुलाई देशना दिएको स्थलको रुपमा मानिएको छ । यस्तै तिलौरकोट राजा सुद्धोदनको राजप्रसाद र बुद्धले २९ बर्ष बिताएको ठाउ तथा निकालीकोट कनकमुनी बुद्धको जन्मथलोकारुपमा मानिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ