arrow

काबेली करिडोर अन्तर्गत देउमाइ नगरपालिकाको समस्या सुल्झियो

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
kulman.jpg

इलाम । विद्युत प्रसारण लाइन ‘काबेली करिडोर’ को काममा  स्थानियले  सहयोग गर्ने भएका छन् । शनिवार  स्थानियले अवरोध  गर्दै आएको देउमाइ नगरपालिका १ चमैता र  ७ सिद्धिथुम्कामा  नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ सहितको टोलिले अवलोकन गर्दै  स्थानियले उचित क्षतिपुर्ति दिने भएसँगै   समस्या सामाधान भएको हो ।

देउमाइ नगरपालिकाका मेयर सुर्य प्रसाद पोखरेलको सहजिकरणमा सो निर्णय भएको हो ।   स्थानिय सरकारको रोहोवरमा नापिलाई अगाडि बढाउने र उचित क्षेतिपुर्ती दिएर प्रसारण लाइनलाई अगाडि बढाइने देउमाई नगरपालिका बडा नम्वर ४ का अध्यक्ष राजेन्द्र बास्तोला बताए । प्रसारण लाइनका   ११ बटा टावरलाई स्थानियलले अवरोध गर्दै आएका थिए ।

पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र इलाममा उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्ने करिडोरको इलाम गोदकदेखि पाँचथरको अमरपुरसम्मको काममा ढिलाई भएको छ। केहि ठाँउमा स्थानियबासीले अवरोध गरेका छन् । भारतीय ज्वग्वार एण्ड एस्टर कम्पनीले राम्रोसँग समयमा काम नगर्दा अवरोध नभएका ठाँउमा समेत काम भएको छैन ।

निर्माण कम्पनीले आलटाल गरीरहेको छ।  धेरै काम बाँकी भएकाले जसरी सक्ने लक्ष्य हासिल गर्न निक्कै कठिन देखिन्छ। विद्युत खेर जाने भएकाले जुनसुकै अवस्थामा सक्ने नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताए । बिवाद परिवर्तन गरेर समस्या समाधान गरीएको पल्लोटार–जोरशाल खण्डको काम भएको देखिदैन। प्रसारणलाईन स्थलको निरीक्षण गर्दै घिसिङले यो वा त्यो बाहानाले काममा ढिलाई नगर्न निर्देशन दिए।

शुक्रवार घिसिङसहितको टोलिले फिदिममा प्रमुख जिल्ला अधिकारी, सुरक्षानिकायका प्रमुख, जिल्ला समन्वय अधिकारी, जिल्ला बन कार्यालयका प्रमुखलाई काम गर्ने वातावरण बनाउनका लागि समन्वय बैठक गरेका छन्। घिसिङले  पाँचथरका विभिन्न ठाँउमा निरिक्षण तथा स्थानियसँग छलफल गरेका छन्।

झापाको लखनपुरदेखि पाँचथरको अमरपुरसम्मको विद्युत प्रसारणलाईनलाई काबेली करिडोर मानिन्छ। इलामको गोदकमा रहेको सवस्टेशनसम्म निक्कै ढिला गरी काम सकिएको थियो। गोदक – अमरपुर खण्डमा ५० प्रतिशतसम्ममात्र काम भएको बताईन्छ।  यो खण्डमा ५६ दशमल १ किलोमीटर प्रशारणलाईनको काम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ