arrow

नवयुगको गोलसँगै त्रिभुवन आर्मी क्लब फाइनलमा

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
Nabayog-Shrestha.jpg.jpeg

सुरुङ्गा, झापा । मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो । श्रेष्ठले खेल शुरु भएको दुई मिनेटमै गोल गरेका थिए ।

शनिवारको हारसँगै डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब भने यो पटक सेमिफाइनलबाटै बाहिरिएको छ । खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका गोलरक्षक विकेश कुथु घोषित हुँदै  २५ हजार पुरस्कार पाएका छन् ।

आगामी सोमबार उपाधिका लागि आयोजक झापा–११ र त्रिभुवन आर्मीबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले  १२ लाख ५१ हजार र उपविजेताले छ लाख पुरस्कार पाउने छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ