arrow

यसरी पुग्न सक्छ नेपाल विश्वकपको सुपर सिक्समा 

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार

काठमाडौं । नेपाल लगातार तीन खेलमा पराजित हुँदै जिम्बावेमा जारी विश्वकप छनोट क्रिकेटको समुहको पुछारमा छ। समुह बी मा रहेको नेपालले आयोजक जिम्बावे, स्कटल्याण्ड र अफगानिस्तानसंग हारको सामना गर्दै समुहको पुछारमा रहेको हो। यो समुहबाट समान ६–६ अंकसहित जिम्बावे र स्कटल्याण्ड सुपर सिक्समा पुगिसकेका छन्। 

दुवै टिमबीच हुने समुहको अन्तिम खेलको विजेता समुह विजेताको रुपमा सुपर सिक्समा पुग्नेछ भने पराजित हने टिम उपविजेता बन्नेछ। तेस्रो टिमको समिकरण भने रोचक बनेको छ। अहिलेसम्म अफगानिस्तानले सबै खेल खेलेको छ। उसको २ अंक भएको छ । रनरेटमा अफगानिस्तान हङकङभन्दा माथि छ। 

अफगानिस्तानको ०.०३८ हुँदा अफगानिस्तानलाई हराएको हङकङको माइनस ०.८३८ रहेको छ। अंकविहिन नेपालको माइनस १.५४६ रहेको छ।सोमबार नेपाल र हङकङ खेल्न बाँकी छ। यो खेलले नै सुपर सिक्समा पुग्ने समुह बी को तेस्रो टिमको टुंगो लाग्नेछ। यो खेलमा जित निकाल्यो भने हङकङ स्वतः अंककै आधारमा सुपर सिक्समा पुग्छ। यदि हङकङ पराजित भइ नेपाल विजय हुँदा के हुन्छ ? 

समिकरण निकै अप्ठेरो देखिएको छ। नेपालले जित हासिल गर्दैमा सुपर सिक्समा पुग्नेछैन। नेपालको रनरेट निकै थोरै छ। नेपालको सामान्य मात्र जितले अफगानिस्तानलाई फाइदा पुग्नेछ।  नेपाललाई सुपर सिक्समा पुग्नका लागि अफगानिस्ता भन्दा राम्रो नेट रनरेट हासिल गर्नु पर्ने छ। 

फराकिलो एवं अप्रत्यासित जित नै नेपाललाई अविश्मरणीय यात्रामा लैजान सक्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ