arrow

धौलागिरी कप टि–२० क्रिकेट चैत ४ देखि 

logo
नारायण रिजाल
प्रकाशित २०७४ फागुन २६ शनिबार
dhaulagiri-cup-t-20.jpg

बागलुङ । आगामी चैत्र पहिलो साता बागलुङमा सर्वाधिक पुरस्कार राशिको टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा बागलुङमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । 

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला–२०७४ मुल आयोजक समितिको संयुक्त आयोजनामा आगामी चैत्र ४ देखि ११ गतेसम्म पाँचौ धौलागिरी कप तथा चैत्राष्ट्रमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।  

शनिवार पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता र यसको तयारीका बारेमा जानकारी गराएको छ । 

बागलुङ नगरपालिका १ बाङ्गेचौर खेलमैदान हुने प्रतियोगिता खुल्ला भएकाले राष्ट्रिय खेलाडीको समेत सहभागिता रहने बागलुङ क्रिकेट क्लबका अध्यक्ष सन्दिप पन्तले बताए । 

‘पछिल्लो समयमा क्रिकेटको क्रेज बढ्दो क्रममा छ, फेरी बागलुङमा क्रिकेटमा राम्रा सम्भावना बोेकेका खेलाडीहरु पनि छन्,’ अध्यक्ष पन्तले भने, ‘क्रिकेट खेलाडीको पहिचान, बिभिन्न जिल्लाका खेलाडीहरु बिच खेल कौशल आदान प्रदान गरेर प्रादेशिक र राष्ट्रिय स्तर सम्म यहाँका खेलाडीहरुलाई पु¥याउने बातावरणका लागि क्षेत्रीय स्तरमै सर्वाधिक पुरस्कार सहित प्रतियोगिताको आयोजना गरिएको हो ।’

प्रतियोगिता विजेता समूहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता हुने समूहले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने फ्युचर स्पोर्टस् क्लबका सचिव फणिन्द्र खड्काले बताए । 

प्रतियोगितामा बिभिन्न जिल्लाका १२ भन्दा बढी समूहको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । उनका अनुसार प्रतियोगिताको म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्याट्सम्यान र वेष्ट बलरले जनहि ५–५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिता संचालनका लागि ६ लाख भन्दा बढी खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । 

उक्त खर्च जुटाउनका लागि देश बिदेशमा आर्थिक अभियान सञ्चालन गरिएको र प्रायोजक तथा सहयोग उत्साहवद्र्धक रुपमा भइरहेको क्लबका सचिव खड्काले बताए । 
यस वर्ष पनि खुल्ला कालिका कप भलिवल प्रतियोगिता, खुल्ला लोक दोहोरी गित प्रतियोगित, छेलो प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरेको चैत्राष्टमी मेला मुल आयोजक समितिका संयोजक एवं कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । 

बागलुङको प्रशिद्ध कालिका भगवती मन्दिर परिसरमा लाग्ने धार्मिक, ऐतिहासिक, साँस्कृतिक एवं आर्थिक हिसावले मेलालाई महत्वपुर्ण मानिन्छ । मेला भर्न  गाउँ गाउँबाट सर्वसाधारणको भिड लाग्ने गर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ