arrow

गच्छदारले ओलीलाई भने– सय दिन पर्खिन्छौँ, हनिमुन मजाले मनाउनुस्

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
gachadar1.jpg

काठमाडौं । काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संसदमा आफुहरु जिम्मेवार प्रतिपक्षीको रुपमा रहने र सवा ३ महिना सरकारलाई वाचडकका रुपमा हेर्ने बताएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिन डाकिएको प्रतिनिधिसभा बैठकमा नेता गच्छदारले आफुहरु सवा ३ महिना अर्थात् सय दिन पर्खिने बताए । आफुहरुको पहिलेदेखिको संस्कार यही रहेकाले नेता गच्छदारले हनिमुनप्रियड कट्न दिने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले गरेका प्रतिवद्धताहरु सय दिनमा कति पूरा हुन्छन् । कति प्राप्त हुन्छन् हामी हेर्छौ । भोट हालिहाल्दैनौँ । हनिमुन राम्ररी मनाउनुस् ।’ उनले २०४७ सालको संसदीय सुरुवात ठिक थिएन भने । गच्छदारले अगाडि भने, ‘२६–२७ वर्षपछि उत्कृष्ठ राजनीतिक व्यवस्था स्थापित भएको छ ।’ तर, संसदीय अभ्यासमा प्रतिपक्ष हुन्छ नै । प्रतिपक्षी विनाको संसदीय अभ्यासको परिकल्पना गर्न सकिँदैन, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ