arrow

जनकपुर तनावग्रस्त : मोर्चा कार्यकर्ता कांग्रेस नेता निधिको घरमा छिरेर आगजनी गरे

नेतृ लिला कोइराला र नेता आनन्द ढुंगानाको घरमा ढुंगामुढा

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
jankpur-tanab.jpg.jpeg
धनुषा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको मिल्स एरियामा रहेको कांग्रेस सहमहामन्त्री विमलेन्द्र निधिको घरमा छिरेर आगजनी गरेका छन् । मोर्चा कार्यकर्ताले निधिको घरको कम्पाउण्डमा रहेको मोटरसाइकल र गाडी राख्ने ग्यारेजमा पेट्रोल छर्केर आगो लगाएका हुन् । आगजनीबाट ज ३ प ९४३८ जम्बरको मोटरसाइकल जलेको छ । ग्यारेजको आगो भने प्रहरीले निभाएको छ । निधिको घरमा आगजनीपछि मोर्चा कार्यकर्ता र प्रहरीबीच तनाव भएको छ । 
 
मोर्चा कार्यकर्ताले संविधानमा हस्ताक्षर गर्ने सांसदहरुलाई लिल्ला प्रवेश गर्न नदिने भन्दै सांसद विरोधी आन्दोलन चर्काएका छन् । आसन्न १३ औं महाधिवेशनका लागि हुन लागेको जिल्ला अधिवेशनलाई लक्षित गरी कांग्रेस नेताहरु मधेस गएका छन् । 
 
यस्तै ब्रह्मपुरीमा रहेको कांग्रेस नेतृ तथा सांसद लिला कोइराला र भानुचोकमा रहेको नेता आनन्द ढुंगानाको घरमा समेत मोर्चा कार्यकर्ताले ढ्रुंगा मुढा गरेको स्थानीय पत्रकार शैलेन्द्र झा र बटुकनाथ झाले जानकारी दिए । पूर्व राष्ट्रपति डा. रामवरण यादवको घरसंगै जोडिएको नेतृ लिला कोइरालाको घरमा आइतबार समेत मोर्चा कार्यकर्ताले ढुंगा हानेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ