arrow

गगनलाई ओलीको जवाफ: हाम्रो घोषणापत्र बिहान–बिहान पाठ गर्नकालागि लेखिएको होईन

म एकलब्य जस्तै हुँ

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
oli_samsad.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफु एकलब्य जस्तै भएको बताएका छन् । प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘एकलब्यको हुनै पनि गुरु थिएन । गुरु पाइँन भने पनि परीक्षामा फेल हुन्न ।’

आफूले भन्ने गरेको स्मरण गराउँदै उनले भने, ‘आयुको अवधिको सीमा हुँदैन । सीमा हुन्छ अवधिको । ज्ञानको सीमा हुन्छ । इमानको सीमा छैन । प्रतिवद्धता र अठोटको सीमा छैन । व्यवस्थापनका कमि आउन दिन्न ।’

वाम गठबन्धनको घोषणापत्र बिहान-बिहान पाठ गर्नलाई नबनाएको र त्यो कार्यान्वयनका लागि भएको ओलीले बताए । प्रमुख प्रतिपक्षि दल कांग्रेसका सांसद गगन थापाले घाेषणापत्रबारे उठाएकाे प्रश्नकाे जवाफ दिँदै अाेलीले भने, ‘घोषणापत्र बिहान-बिहान पूजा पाठ गर्न बनाएको होइन । कार्यान्वयन गर्न बनाएको हो । हामी त्यो लगेर बैतर्णी तरेर पारि जाने होइन । वारि नै बनाउने हो । नेपाल वारि नै बनाउने हो ।’

म एकछिनका निम्ति अल्मल्याएर उम्किने हिसाबले प्रधानमन्त्री पदमा आएको होइन, उनले भने, ‘ एकपछि अर्को गर्दै सबैले उम्किने हो भने फेरि पनि हिजाे भन्दा अाज के फरक भो ।’ म एक्सन चाहन्न । उत्तरदायी हुने हो ।

संविधान संशोधनबारे सांसदहरुले उठाएको प्रश्नमा ओलीले आफुले विगतमा पनि संविधान संशोधनीय र परिवर्तनीय छ भनेको बताए । उनले भने, ‘लहडको आधारमा हुने त होइन होला ।’ आज भनाभन् गरेर के हुन्छ। उनले भने, ‘सम्झाउन खोज्नु भा होला। हिजोको भनाभन् होइन, अब झगडा नै सकिसक्यो। छोड्दिनुस् उहिलेका कुरा।’

उनले दुईतिहाई मत पुर्‍याउनुको कारण दिँदै भने, ‘आरामदायी र सजिलो बहुमत अर्थात् दुई तिहाई दम्भका लागि होइन। देश एक जुट बनाउन र एकजुट छ भन्नका लागि हो ।’ म एमाले वा माओवादीको प्रधानमन्त्री होइन । म यो देशको प्रधानमन्त्री हो । एमाले र माओवादीले पठाएको चैँ, हो ।

महिला हिंसा र बलात्कारका घटना सरकारका कारण नभएको भन्दै उनले ति सामाजिक पछौटेपनले भएका, भने । उनले भने, ‘यो सरकार आउँदा हतार हतार रोपेको जस्तो कुरा आयो । तर, कैलालीको घटनामा सरकारले तुरुन्त निर्देशन  दिएको छ। मैले विलौना गाएको वा रुवावासी गरेको होइन । सरकारले भनेपछि छोडिएको अभियुक्त पनि समातिएको छ ।’

प्रधानमन्त्री ओलीले ‘लोकतन्त्र मासिन्छ’ भन्ने चिन्ता आजैदेखि फाल्न आग्रह गरे । उनले वर्तमान सरकारले लोकतन्त्रको रक्षा नै गर्ने भएकाले अनावश्यक चिन्ता नलिन आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकार समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै लोकतन्त्रमा मात्रै समृद्धिको यात्रा अगाडि बढ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ