उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमति सदस्य हुन् हरिष सेठिया
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २८ सोमबार
531
Shares
रुपन्देही। रुपन्देहीको सदरमुकाम भैरहवामा व्यवसायी हरिष सेठियालाई लक्षित गरी गोली प्रहार गरिएको छ। उनलाई राती पौने ९ बजेेतिर गोली प्रहार भएको हो।
भारतीय मोटरसाईकलमा आएका दुई जनाले भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमति सदस्य हरिष सेठियालाई लक्षित गरी गोली प्रहार गरिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जनाएका छन् ।
सेठियालाई भैरहवाको हाटबजारस्थित सेवा पथमा गोली प्रहार गरिएको थियो । उनलाई लक्षित गरी हानिएको गोलीबाट उनी बच्न सफल भएको प्रहरीले जनाएको छ।
गोली प्रहार गर्ने दुई जनामध्य एक जना भागेको र एक जनालाई स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले जनाए । प्रमुख ज्ञवालीले गोली हान्ने व्यत्ति र मोटरसाईकललाई समातेको बताए ।
भारतिय नागरिकले भारतीय मोटरसाईकलमा आएर उनलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
व्यवसायि सेठियालाई सिद्धार्थ उद्योग बाणिज्य संघका पदाधिकारीको जिम्मा लगाईएको छ । सेठिया माथि यस अघि पनि गोली प्रहार गरिएको बुझिन आएको छ ।