- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । २६ वर्षे राइट आर्म मिडियम बलर सर्दुल ठाकुरले करियरकै बेष्ट बलिङ गरेपछि श्रीलंकाविरुद्धको टी–२० क्रिकेटमा भारतलाई ६ विकेटले जिताएका छन् ।
श्रीलंका विरुद्धको खेलमा ठाकुरले कोलम्बोमा भएको खेलमा २७ रन खर्चिएर ४ विकेट लिए । जुन उनको करियरकै उत्कृष्ट हो ।
श्रीलंकाले १९ ओभरमा झारिएको खेलमा ९ विकेटको नोक्सानीमा १५२ रन बनायो ।
कुसल मेन्डिसले ५५ रन बनाएको इनिङमा ठाकुरले ४ विकेट लिँदा वासिंगटन सुन्दरले २ विकेट झारे ।
जवाफमा समान्य चुनौती भारतले ४ विकेटको नोक्सानीमा १७.३ ओभरमै
पूरा गर्यो ।
मनिष पान्डेले ३१ बलमा ४२ तथा दिनेश कार्तिकले २५ बलमा ३९ रन बनाए ।
ट्रयाङ्गुलर सिरिजमा भारत ३ खेलमा २ जितसहित शिर्ष स्थानमा छ । श्रीलंका र बंगलादेशले १–१ खेल जितेका छन् ।