arrow

नागढुंगामा सडक ठप्प, ट्राफिक भन्छ – विकल्प खोज्नुस् 

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
nagdhunga-2.gif

काठमाडौं । काठमाडौंबाट बाहिर भएर जाने नाकामा सवारी साधन बिग्रिएर बाटो ठप्प भएको छ । 

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगा भन्दा केही तल पिपलामोड भन्ने ठाउँमा सवारी साधन बिग्रेकोले सवारी आवागमन दुईतर्फी रुपमा प्रभावित भएको छ ।

बिग्रेको सवारी साधन हटाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । 

महाशाखाले वैकल्पिक प्रयोग गर्न अनुरोध समेत गरेको छ । 

नागढुंगा भएर जाने सवारी साधनको अर्को कुनै विकल्प छैन । 

दुईतर्फी सडक बन्द भएपछि सवारी आवत जावत ठप्प छ । 

उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने सवारीको चाप बढेकाले जाम लामो बनेको छ । 

यात्रुहरु अलपत्र परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ