arrow

बाजुरामा प्रभावकारी बन्दै कृषि तथा खाद्य सुरक्षा कार्यक्रम

logo
रमित बि.क.,
प्रकाशित २०७४ फागुन ३० बुधबार
bajura.JPG

बाजुरा । जिल्लामा कृषि तथा खाद्य सुरक्षा कार्यक्रम प्रभावकारी भएको एक पाईएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिले कार्यक्रम प्रभावकारी भएको बताए ।

जिल्लामा कार्यक्रम लागु भएदेखि कृषकहरुको आनिबानीमा परिवर्तन आएको बताएका छन् । पोषण तथा खाद्य सुरक्षामा कार्यक्रमले चेतनामो बद्धि गरेको छ । जिल्ला समन्वय समिति बाजुराका सभापति नरेन्द्र कुमार रोकायाले फेरी पनि जिल्लामा कार्यक्रमको आवश्यकता रहेको महसुस गरे । हिजो जिल्लामा आयतित अन्न बढी प्रयोग गर्ने गरिने भएपनि कार्यक्रम लागुभएपछि केही दर घढेको बताए ।

कार्यक्रमले गरिव तथा नमुखाहरुलाई थप हौसला र जीवनस्तरमा परिवर्तन ल्याएको उनको भनाई छ । कार्यक्रमले कृषि,पशु र स्वास्थ्यको क्षेत्रमा जिल्लाका केही मात्रामा सुधार आएको उल्लेख गर्नुभयो । बडिमालिका नगरपालिका वडा नं. २ एक कृषक दुर्गा महतले कृषि तथा खाद्य सुरक्षा कार्यक्रम लागु भएदेखि गाउँघरमा धेरै उपलब्धी भएको बताईन । कृषक र महिलाको लागि महत्वपूर्ण काम गरेको बताईन । कृषकका हरेक आनीबानीमा  र व्यवहारमा पनि उक्त कार्यक्रमले सुधार गरेको उनको भनाई रहेको छ ।

 पहिले गाउँमा निकै चेतनाको कमी देखिने गरेको भएपनि कार्यक्रमले चेतनामा परिवर्तन ल्याएको बताएकी छन् । कार्यक्रमको जिल्लामा आवश्यकता भएको बताउँदै फेरि पनि माग गर्नुभएको छ । कार्यक्रमले मुख्य गरी खाद्य तथा पोषणको दृष्टिकोणको संवेदनशिलता तथा जोखिममा रहेका घरपरिवारको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्य रहेको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत युगोल किशोर तिवारीले बताए ।

खाद्य तथा पोषण सुरक्षामा प्रमुख प्राथमिकतामा रहेको कार्यक्रम अमेरीकी र नेपाल सरकारको सहलगानी गरी कुल ५ करोड ८० लाखमा जिल्लामा रहेका जिल्ला कृषि विकास कार्यालय,पशु सेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको साझेदारीमा कार्यक्रम जिल्ला सञ्चालनमा रहेको थियो । किसानहरुले फरक फरक तरिका अपनाएर खेती लगाउन थालेपछि पहिले भन्दा केही मात्रामा जिल्लामा गहँ,धान र मकैका बीउँ प्रतिस्थापन दरमा केही मात्रामा बृद्धि भएको जिल्ला कृर्षि विकास कार्यालयका सविता जोशीले बताए ।

 जिल्लाका ३ वटा स्थानमा बिउँ बैँक स्थापना गरी कृषकहरुलाई बाहिरबाट आउने आयातित बिउँ बन्द गरी स्थानिय स्तरमै बिउँ भण्डारण तथा प्रशोधन केन्द्रबाट बिक्री वितरण गरिएको उनले बताईन । कार्यक्रममा गरिव तथा आयस्तर कम भएका सुदूर पश्चिमका ७ वटा जिल्लामा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।  जिल्लामा  कुखुरा पालनमा पनि उपलब्धी भएको छ । यस बर्ष २ लाख ३७ हजार अण्डा उत्पादन भएका छन् ।

५ बर्षको अवधिमा ५६ वटा समुहले अण्डा र कखुराको मासु बिक्री गरेको पशु सेवा कार्यालयका प्रमुख मनोज शाहीले बताए । कार्यक्रमबाट २९ सय महिलाहरु लाभान्वित भएका छन् ।  जिल्लामा पड्कोपन ५७.३,ख्याउटेपन ९.४,कम तौल ४३.४ र खाद्य गरिवी ७४.५ प्रतिशत रहेको कुरा जिल्ला स्वास्थ्य कार्यालयका सिनिअर अहेव रामचन्द्र यादवले बताए । कार्यक्रमले जीवनमा ठुलो परिवर्तन ल्याएको कुरा बडिमालिका नगरपालिका वडा नं.३ का किसान बीर बहादुर रावलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ