arrow

को हुन् न्युटनपछिका ठूला वैज्ञानिक स्टेफन हकिङ ?

के भन्छन् हकिङका छोराछोरी

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
hawakings.jpg

लण्डन ।  ब्रिटिश वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनको परिवारले जनाएअनुसार उनको बुधबार निधन भएको छ ।

उनि एकजना सुप्रसिद्ध भौतिशास्त्री  थिए । हकिङले सन् १९८८ मा लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमा नै धेरै बिक्रि हुने पुस्तकमा परेको थियो ।

भौतिकशास्त्र सम्बन्धमा ठूलो ज्ञान भएका उनले यस क्षेत्रको ‘ब्ल्याक होल’ र सापेक्षताबारेमा कैयौँ शोधहरु गरेका थिए  । उनले भौतिक विज्ञानसम्बन्धी कैयौँ विश्वप्रसिद्ध पुस्तक लेखेकना छन् ।  उनका तीन छोराछोरीले बुधबार विज्ञप्ति प्रकाशन गरेर उनको निधनको जानकारी गराएका छन् ।

उनका तीनजना छोराछोरी लुसी, रबर्ट र टिमले उक्त विज्ञप्तिमा भनेका छन्  ‘हाम्रा प्यारा बुवाको आज निधन भएकाले हामी अत्यन्तै दुःखी छौँ’ ।

सो विज्ञप्तिमा उनिहरुले उनि महान् वैज्ञानिक र असाधारण व्यक्ति हुनुहुन्थ्यो भनेका छन् ।  उनका कृतिहरु, काम र योगदान आगामी धेरै समयसम्म पनि जिउँदो रहने छ उनिहरुले भनेका छन् ।  

उक्त विज्ञप्तिमा उनिहरूले आफ्ना पिताको ‘साहस र दृढता’ को निकै प्रशंसा गर्दै उनको प्रतिभाले संसारका मानिसहरूलाई नै उत्प्रेरित गर्ने विश्वास पनि उनिहरुले व्यक्त गरेका छन्  ।

उनलाई २१ वर्षको उमेरमा नै शरीरका अंगहरु नचल्ने एक दुर्लभ प्रकृतिको रोग लागेको थियो । त्यसपछि चिकित्सकहरुले उनलाई केही वर्षमात्र बाँच्ने घोषणा गरेका थिए ।

त्यसको केही वर्षपछि उनि शारीरिक रुपमा अशक्त भए  र ह्वीलचियरको सहायतामा रेका थिए । उनि पछिल्लो समयमा पक्षाघात भएर घरैमा रहेका थिए ।  शारीरिक रुपमा उनि केही गर्न सक्ने अवस्था थिएनन् । उनि ह्वीलचियरको सहायताले मात्र यताउती गर्नसक्ने अवस्थामा रहेका थिए ।

विश्वविद्यालयका प्राध्यापक समेत रहेका  उनका पुस्तकहरु भौतिक विज्ञान विषयका लागि विश्वमा नै लोकप्रिय छन् । उन शारीरिक रुपमा अशक्त मानिसले पनि अनुसन्धान, अध्ययन एवम् अरु प्राज्ञिक क्षेत्रमा कतिसम्म गर्नसक्छ भन्ने विषयमा विश्वमा नै एक उदाहरण बनेका थिए ।

सन् १९४२ को जनवरी ८ मा जन्मिएका उनलाई विश्वका सुप्रसिद्ध वैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइन र सर आयज्याक न्युटनपछिका वैज्ञानिकका रुपमा तुलाना गर्ने गरिन्थ्यो ।

उनलाई यी प्रसिद्ध वैज्ञानिकसँग तुलना गरेर हेर्ने गरिएकोले पनि उनि विश्वप्रसिद्ध भएका हुन् । उनलाई सन् १९७९ मा क्याम्ब्रिज विश्वविद्यालयको गणितको प्राध्यापकका रुपमा नियुक्त गरिएको थियो । पछि उनि स्वअध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालयमा गएका थिए ।

उनका विज्ञान, भौतिक विज्ञान तथा गणितका पनि निकै लोकप्रिय पुस्तक र खोजहरु रहेका छन् । उनको निधनले देशलाई ठूलो क्षति पुगेको यहाँका प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरुले बताएका छन् । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ