arrow

नेपाललाई सजिलो छैन पपुवा न्यु गिनी बिरुद्धको खेल

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
Cricket_Nep_Zim.jpg

काठमाडौं। नेपालले एकदिवसीय अन्तराष्ट्रीय खेल्ने मान्यता पाउनकालगि पपुवा न्यु गिनीसँग भिड्दैछ। बिहिबार हुने खलेमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नै पर्ने छ। नेपाल पपुवा न्यु गिनीसँग पराजित भएमा डिभिजन-२मा झर्ने छ। 

नेपालले पपुवा न्यु गिनी बिरुद्धको खेल जित्नकालागि आफ्नो ब्याटीङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ।  

रमाईलो के छ भन्दा जारी प्रतियोगीतामा नेपाल र पपुवा न्यु गिनी दुवै टोली आफ्नो कमजोर ब्याटीङ प्रदर्शनले अफठ्यारोमा रहेका छन्। यी दुईको खेलमा जल्ले ब्याटीङमा राम्रो प्रदर्शन गर्न सक्छ उसले बिजय प्राप्त गर्ने संभावना धेरै छ। 

पपुवा न्यु गिनी बिरुद्ध नेपाल
जारी प्रतीयोगितामा पपुवा न्यु गिनीको ब्याटीङ कमजोर देखिएको छ। तर उनीहरुको फिल्डिङ र बलिङ भने चुस्त रहेको छ। असोसिएट्स राष्ट्रहरुमा पपुवा न्यु गिनीको फिल्डिङ उत्कृष्ठ मानिन्छ । 

वेष्टईण्डिज बिरुद्धको खेलमा २०१ रनको लक्ष्य पच्छ्याईरहेको टोलीको ५८ रनमा ४ विकेट झारेर पपुवा न्यु गिनीले जितको संभावना देखाएको थियो। वेष्टईण्डिजका कप्तान जेसन होलडरको ९९ रनको पारीले पपुवा न्यु गिनी ६ विकेटले पराजित भएको थियो।

आयरल्याण्ड बिरुद्धको खेलमा टोनी पाला उराले १५१ रन बनाएका थिए। त्यो खेल पनि पपुवा न्यु गिनी पराजित भएको थियो। त्यो खेलमा बाहेक पपुवा न्यु गिनीले उल्लेख्य ब्याटीङको प्रदर्शन गर्न सकेको छैन। 

अनुशासित बलिङ र फिल्डिङले ब्याटीङमा कमजोर प्रदर्शन गरिरहेको नेपाललाई गाह्रो पर्न सक्ने हुन्छ । नेपालले पपुवा न्यु गिनी बिरुद्ध राम्रो ब्याटीङको प्रदर्शन गर्नै पर्ने हुन्छ। 

नेपालको समस्या ओपनिङ ब्याटीङमा रहेको छ। ओपनिङ ब्याटीङले सम्हालिएर खेल्न सकेमा मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रै प्रदरशन गरिरहेकाले राम्रो स्कोर बनाउन सक्ने देखिन्छ ।

नेपालले आफ्नो बलिङ र फिल्डिङमा अझ शसक्त प्रदर्शन गर्न सकेमा जितकालागि बाटो सहज हुने देखिन्छ। नेपालकालागि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेखले राम्रो प्रदर्शन गरिरहेका छन्। 

नेपालको बलिङमा सन्दिप लामिछाने, बसन्त रेग्मीले राम्रो बलिङ गरिरहेका छन्। नेपालकालागि फास्ट बलरहरुले आफ्नो लय समातेमा खेल नेपालको पोल्टामा पर्ने देखिन्छ। पपुवा न्यु गिनीको ब्याटिङ नचलिरहेको बेला कमजोर ठाउँमा आक्रमण गर्नसके खेलको नतिजा आफ्नो पक्षमा आउन सक्ने छ। 

एक दिवसीय मान्यता प्राप्त गर्नाले नेपालले क्रिकेटमा एउटा नयाँ उचाई प्राप्त गर्ने छ। एकदिवसीय अन्तराष्ट्रीय मान्यताले नेपाललाई आईसीसीका ठुला प्रतियोगीतामा समावेश हुनकालागि बाटो खोल्ने छ। 

नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्ने र अर्को प्लेअफमा नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले सिधै एकदिवसीय अन्तराष्ट्रीयको मान्यता पाउने छ। 

यदी हङकङले नेदरल्याण्डलाई पराजित गरेमा सातौं स्थानकालागि हुने प्रतिस्पर्धाबाट मात्र एकदिवसीय अन्तराष्ट्रीय मान्यता पाउने तय हुनेछ ।

आईसीसीको नियम अनुसार विश्वकप छनौट खेलिरहेका देश मध्य प्लेअफ खेल्ने एक राष्ट्रले एकदिवसीय अन्तराष्ट्रीय खेलको मान्यता पाउने छ। नेदरल्याण्डसँग एक दिवसीय अन्तराष्ट्रीयको मान्यता २०२० सम्मकालागि छ। 

प्लेअफमा रहेका चार टोली मध्य तीन टोली एकदिवसीय अन्तराष्ट्रीय मान्यता प्राप्त गर्नकालागि खेल्ने छन्। प्लेअफमा पुगेको चार मध्ये दुई टोली शीर्ष डिभिजनमा रहिरहने छ । पुछारको दुई टोली भने रेलिगेसन हुँदै डिभिजन -२ मा झर्ने छन्  ।

हेड टु हेड
पपुवा न्यु गिनीसँगको खेल नेपाललाई त्यती सहज भने छैन्। यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपका पछिल्ला दुई खेलमा नेपाल पराजित भएको छ। 

विश्वकप छनौट प्रतियोगिताको समुह चरणमा पपुवा न्यु गिनीले आफ्ना सबै खेलमा हार ब्योहोरेको छ।अबुधावीमा भएको पहिलो खेलमा नेपाललाई पिएनजीले २ विकेटले हराएको थियो। पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रन जोडेको थियो जसमा नेपालका लागि सुवास खकुरेलले ६३ रन र शरद भेषावकरले ७८ रन जोडेका थिए। पिएनजीले ३ बल खेल्न बाँकी छँदा ८ विकेटको क्षतिमा लक्ष्य  पार गरेको थियो।

दोस्रो खेलमा पिएनजी ३ विकेटले विजयी भयो। पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २ सय २४ रन जोडेको थियो। नेपालका लागि पारस खड्काले ४८ रन जोड्दा सागर पुनले ४७ रन र शरद भेषावकरले ४२ रन जोडेका थिए। पिएनजीले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। सोमपाल कामीले ३ र बसन्त रेग्मीले २ विकेट लिएका थिए

विश्वकप छनौट प्रतियोगीताको प्रदर्शनलाई हेर्ने हो भने तुलनात्मक रुपमा पपुवा न्यु गिनी नेपाल भन्दा कमजोर देखिएको छ।

नेपालले एक खेल जितेर समुहमा चौथो स्थान हासिल गरेको छ। यही प्रदर्शनका आधारमा नेपाल केही बलियो देखिए पनि प्रत्येक दिन र प्रत्येक खेल नयाँ हुने कुरा दुवै टोलीले बिर्सिने छैनन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ