नेपाल र भारतका यूवाहरु उद्यमी सोचको लागि प्रतिष्पर्धा गर्दै, उत्कृष्ट सोचलाई लगानी गरिने
प्रकाशित २०७४ चैत १ बिहिबार
614
Shares
काठमाडौं। उद्यमी बन्न चाहने यूवाहरुलाई लक्षित गरि काठमाडौंमा यूवा उद्यमी मेला हुने भएको छ। भारतीय दुतावास र क्लक बीजिनेस इनोभेसनले सहकार्यमा गर्न लागेको अन्तराष्ट्रिय उद्यमी मेलामा नेपाल र भारतका यूवाहरु सहभागी हुनेछन्।
नेपाल र भारतका यूवाहरुलाई लक्षित गरि तयार गरिएको कार्यक्रममा उनीहरुका तर्फबाट पेश गरिएका उत्कृष्ट नयाँ र उद्यमशिल सोचलाई आर्थिक रुपमा सहयोग गरिने गरिने छ। उत्कृष्ट उद्यमी कार्यक्रम मध्ये ४ जनालाई पुरस्कृत गर्ने समेत आयोजकले जनाएको छ। पुरस्कृत ४ जनाको कार्यक्रमलाई आर्थिक रुपमा लगानी समेत गरिने बताइएको छ ।
उत्कृष्ट कार्यक्रम तथा आइडिया छान्नका लागि नेपाल र भारतका विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा उच्च नेतृत्व समेटिएको एक निर्णायक समुह रहेको छ।
कार्यक्रममा ३ सय जना यूवाले सहभागिता जनाउने अपेक्षा आयोजकको छ। नेपालमै पहिलो पटक हुन लागेको कार्यक्रमको अडिसनको रिजल्ट भने मार्च २४ तारिखमा सार्वजनिक हुनेछ। हाल अडिसन भइरहेको छ। अडिसनबाट छानिएकाहरुले आफ्नो कार्यक्रमलाई उत्कृष्ट पुष्टी गरेपछि मात्र प्रतिष्पर्धामा खरो उत्रिन सक्नेछन्। अडिसनबाट छानिएकाहरु मध्येबाट उत्कृष्ट ४ बन्नका लागि थप प्रतिष्पर्धा हुनेछ।
नेपालमा नयाँ रहेको स्टार्ट अप कल्चर र अगाडी बढ्दै गएको उद्यमी सोच संस्कारलाई प्रवर्दन गर्न कार्यक्रम सफल हुने आयोजकको विश्वास छ।