arrow

शिक्षामा गुणस्तर सुधार्न मुख्यसचिवको निर्देशन

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
सोमलाल-सुवेदी.jpg.jpeg
काठमाडौं। मुख्यसचिव डा सोमलाल सुवेदीले शैक्षिक गुणस्तर सुधारका सेवाग्राही केन्द्रित भएर कार्ययोजना बनाउन शिक्षा मन्त्रालयका अधिकारीलाई निर्देशन दिए । 
 
‘शिक्षाको तत्कालीन सुधार कार्यक्रम’ को प्रगति समीक्षाबारे  शिक्षा मन्त्रालयमा भएको छलफल कार्यक्रममा सचिव विश्वप्रकाश पण्डितलगायतसँग जानकारी लिँदै डा सुवेदीले शिक्षामा लक्षित वर्ग अर्थात् विद्यार्थी केन्द्रित नभई निकाय, शिक्षक, विद्यालय केन्द्रित योजना भएका कारण शैक्षिक सुधारमा प्रगति हुन नसकेको बताए । उनले विद्यालय भवनको नक्साङ्कन, नयाँ विद्यालयको अनुमति, भवन मापदण्ड तथा विद्यालय समायोजनजस्ता विषयमा स्पष्ट मापदण्ड बनाउन पनि सुझाव दिए ।
 
मन्त्रालयका सचिव पण्डितले शैक्षिक सुधारका लागि तत्कालीन कार्ययोजना प्रस्तुत गर्दै संविधानको प्रावधानअनुरुप शिक्षा क्षेत्रसँग सम्बन्धित ऐन नियम तथा निर्देशिकामा समसामयिक संशोधन तथा सुधार गर्ने बताए ।सचिव पण्डितले नयाँ संविधानमा शिक्षा क्षेत्रको नीतिगत सुधार गर्ने, शैक्षिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउने, भूकम्पीय क्षतिको पुनः निर्माण गर्नेलगायतका उद्देश्यले उक्त कार्ययोजना तयार पारेको जानकारी दिए ।
 
यसका लागि विश्वविद्यालय छाता ऐन निर्माण गर्ने, संवैधानिक प्रावधानअनुरुप शिक्षा ऐन तथा नियमावलीमा संशोधन गरी निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षासम्बन्धी व्यवस्था एवम् बालअधिकारसम्बन्धी प्रावधानलगायतका पक्ष समावेश गर्ने तथा शिक्षाका क्षेत्रगत निर्देशिकामा समसामयिक सुधार गर्ने प्रस्ताव उनले पेस गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ