arrow

जितको विकल्प नलिइ नेपाल मैदानमा 

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
nepal-cricket-final.JPG

 काठमाडौं। नेपाली क्रिकेटका लागि बिहिबारको दिन एक अवसर र चुनौती बोकेर आएको छ । नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय खेल्ने मान्यता पाउनका लगि पपुवा न्युगिनीसँग खेल्दैछ । 

खेल दिउँसो १ः१५ बजे जिम्बावेको हरारेमा खेल्दैछ । र, यो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नै पर्नेछ। 

नेपाल पराजित भयो भने फेरि पुरानै ठाउँमा फर्कने छ । नेपाल डिभिजन– २ मा झर्ने छ। 

नेपालले यो खेल जित्दैमा भने एक दिवसीय मान्यताप्राप्त राष्ट्र बन्छ भन्ने छैन । अर्को खेलमा नेदरल्याण्ड्सले हङकङलाई हराउनु पर्ने हुन्छ । 

यदि नेपालले पपुवा न्यु गिनीलाई हराएर हङकङ पनि विजयी भएमा प्लेअफ उपाधि र एक दिवसीय मान्यताका लागि नेपालले हङकङलाई हराउनु पर्ने हुन्छ । 

तर पपुवा न्यु गिनीलाई हराउन नेपाललाई भने सजिलो छैन । 

हुन त कप्तान पारस खड्का प्लेइङ ११ मा पर्नु, रोहितकुमार पौडेलले अफगानीबाट प्रशंसासहित ब्याट पाउनु र सन्दीप लामिछाने आइपिएल क्रिकेटमा खेल्न पाउने भएपछि विपक्षीलाई दवाव हुने निश्चित छ । 

नेपालले पपुवा न्यु गिनी बिरुद्धको खेल जित्नका लागि आफ्नो ब्याटीङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ।  

रमाईलो के छ भन्दा जारी प्रतियोगीतामा नेपाल र पपुवा न्यु गिनी दुवै टोली आफ्नो कमजोर ब्याटीङ प्रदर्शनले अफठ्यारोमा रहेका छन्। यी दुईको खेलमा जल्ले ब्याटीङमा राम्रो प्रदर्शन गर्न सक्छ उसले बिजय प्राप्त गर्ने संभावना धेरै छ। 

कस्तो छ त हेड टु हेड ?
पपुवा न्यु गिनीको यसपटक खेल नेपालको भन्दा कमजोर देखिए पनि नेपालभन्दा बलियो देखिएको छ । 

यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपका पछिल्ला दुई खेलमा नेपाल पराजित भएको थियो । 

यो नतिजा हेर्दा नेपाललाई जितका लागि बिहिबार सकस छ । तर नेपालको मनोबल बढेको छ । यो मनोबलले नेपाललाई फाइदा हुन सक्छ । 

विगत जस्तो भए पनि वर्तमान बिहिबारको खेल हो । यो खेलमा नेपालले अविश्मरणिय खेल खेल्नुपर्नेछ । 

डिभिजन २ मै झर्नुपर्ने भए यो विश्वकप छनोट खेलेको समेत व्यर्थ हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ