arrow

सन्दिप र दिपेन्द्रको शानदार बलिङले नेपाल एकदिवसीय अन्तराष्ट्रीय मान्यता नजिक

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
Cricket_Nep_Zim.jpg

काठमाडौं। नेपालले पपुवा न्युगिनी बिरुद्ध शानदार बलिङ गर्दै १ सय १४ रनमा समेटेको छ। नेपालकालगि सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ४-४ विकेट लिएका छन्। 

सन्दिपले ८ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका हुन् भने दिपेन्द्रले ४.२ ओभरमा १४ रन खर्चेर ४ विकेट हात पारेका हुन्। 

नेपालले पपुवा न्युगिनीलाई हराएर उता नेदरल्याण्डले हङकङलाई हराएमा नेपालले एक दिवसीय अन्तराष्ट्रीयको मान्यता पाउने छ। 

नेपालकालागि सोमपाल कामी र करन केसीले १-१ विकेट लिएका थिए। नेपालले पपुवा न्यु गिनीको नियमित अन्तरालमा विकेट लिन सफल भएको थियो। १२ रनमा पहिलो विकेट गुमाएको न्यु गिनी २७.२ ओभरमा १ सय १४ रनमा समेटिएको थियो। 

पपुवा न्यु गिनीका चार्लस् अमिनीले १९ रनको सार्वाधिक स्कोर बनाएका थिए। नेपाललाई जितकालागि ५० ओभरमा १ समय १५ रनको आवश्यक्ता रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ