arrow

दिपेन्द्रको अलराउण्ड प्रदर्शनले नेपाल विजयी

हात लाग्याे-अर्धसतक र चार विकेट

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
cricket1.JPG

काठमाडौं । दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवान्यूगिनीलाई हराएको छ । हरारेमा भएको विश्वकप छनोट प्लेअपमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले हराएको हो । एक सय ६२ बल बाँकि छँदै नेपाल विजयी भयो ।

नेपालले पपुवान्यूगिनीले दिएको एक सय १५ रनको चुनौती २३ ओभरमै मात्र ४ विकेट गुमाएर पार गर्‍यो । नेपालका लागि अलराउण्ड प्रर्दशन गरेका दिपेन्द्रसिंह ऐरीले अविजित ५० रन अर्थात् अर्धसतक बनाए । उनले ५८ बलमा ३ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक रन बनाएका हुन् ।
यस्तै, आरिफ शेखले २६ र पारस खड्काले २० रन जोडे ।

२७ दशमलव २ ओभरमा अलआउट भएको पपुवान्यूगिनीका लागि सीजेए अमिनीले १९ रन जोडे । वलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरी र सन्दिप लामिछानेले समान ४–४ विकेट लिए । करन केसी र सोमपाल कामीले १–१ विकेट लिए ।

यो जितसँगै नेपा एकदिवसीय मान्यताका नजिक पुगेको भन्न सकिएपनि पक्का पक्की हुन नेदरल्याण्ड्स र हङकङबीचको नतिजा कुर्नु पर्ने छ । नेदरल्याण्डले हङकङलाई हराएमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ