विराटनगर। मारुती सुजुकीको सेलेरियो एक्स ब्राण्डको फेमिली कार बजारमा ल्याएको छ। सो ब्राण्डको विराटनगरकालागि आधिकारीक विक्रेता कोशी अटो प्रालिले बिहिवार एक कार्यक्रमको आयोजना गरि सो कार बजारमा ल्याएको हो ।
नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी र सो कम्पनीका प्रतिनिधि अजय जिन्दलले गाडी सार्वजनिक गरेका थिए।
चारचक्के सवारीसाधनको उत्पादक भारतीय कम्पनी मारुती सुजुकीले बजारमा ल्याएको फेमिली सेग्मेन्टको सो कारको मुल्य २६ लाख ९९ हजार पर्छ।
ग्रे, ओरेन्ज, व्हाईट र ब्लु सहित विभिन्न ५ वटा रंगमा उपलब्ध हुने सो कारको ग्राउण्ड क्लियरेन्स १ सय ६५ एमएम रहेको छ ।
९ सय ९८ सीसी क्षमताको सो कार ५ सिटे छ । प्रति लिटर ३३ दशमलव १ किलोमिटर एभरेज रहेको कारमा सेफ्टीलाई बिशेष ध्यान दिइएको कोशी अटोकी सेल्स एक्ज्यूकेटीभ स्वाती शर्माले जानकारी दिइन।
सेलेरियो एक्समा डूअल एयर ब्याग, एबिएस र इबिडीको सुरक्षा प्रबिधि अपनाइएको उनले बताइन।