arrow

प्रदेश ३को बजेट चैत्र २० भित्र

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
pradesh3-cabinet.jpg

मकवानपुर। प्रदेश नं ३ को सरकारले चैत २० गतेभित्र चालु आर्थिक बर्षको बजेट ल्याउने भएको छ। विहिबार अबेर सम्पन्न मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चैत २० गतेभित्र चालु आवका लागि बजेट एवं नीति तथा कार्यक्रम ल्याउने जानकारी दिएका हुन्।

मन्त्री ढुंगेलले आगामी आर्थिक बर्षको बजेट एवं नीति तथा कार्यक्रम असार १ गते ल्याउने गरि तयारी गरेको बताए ।

विहिबारको मन्त्रीपरिषद बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी ढुंगेललाई दिएको हो। बैठकले स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा, प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणिकरणसम्बन्धी विद्येयक २०७४ पारित गरेको छ।

आर्थिक कार्यविधिसम्बन्धी विद्येयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी विद्येयक निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय समेत वैठकले गरेको ढुंगेलले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ