arrow

सीमाङ्कन समस्या समाधानका लागि आयोग गठन माग

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
पशुपति-शमशेर-जबरा.jpg.jpeg
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले सीमाङ्कनको समस्या समाधानका लागि चाँडै नै आयोग गठन गर्नुपर्ने सुझाव दिए । विराटनगर विमानस्थलमा सोमबार सङ्क्षिप्त कुराकानी गर्दै उनले मधेसको भावनालाई संविधानको मूलधारमा समेट्नुपर्ने धारणा प्रकट गरे ।
 
उनले वीरगन्ज नाकाबाहेक मुलुकका अन्य नाका सहज भए पनि आयातित वस्तुको व्यवस्थापन हुन नसकेका कारण कालोबजारी बढेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । चिसोका कारण भूकम्पपीडितको अवस्था दयनीय भएको प्रसङ्ग उल्लेख गर्दै उनले यसका लागि सरकारले निर्माण कार्यमा तीव्रता ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
 
पत्रकारको जिज्ञासामा उनले आफुहरु मधेसको समस्या समाधान गर्न र भूकम्पपीडितको पुनःनिर्माणमा सहज होस् भनेर सरकारमा गएको प्रष्ट पारे ।



नयाँ