arrow

छोराछोरीको शिक्षाका लागि डोको जिन्दगी 

logo
रमित बिक 
प्रकाशित २०७४ चैत २ शुक्रबार
doko.jpg

बाजुरा । जिल्लामा परम्परागत रुपमा रहेको डोका बुन्ने व्यवसाय विस्तारै लोभ हुदैँ गएको पाईएको छ । पहिले धेरै स्थानियहरुको व्यवसाय नै डोको बुन्ने गरेको पाईने गर्दथ्योे । पछिल्लो समय त्यो पेशा क्रमिक रुपमा लोप हुदैँ गएको छ तर केही स्थानियहरुले भने डोको व्यवसायबाटै छोराछोरीको पढाई खर्च चलाउँदै आएका छन् । 

लेकबाट निकाला ल्याएर घरमै बसी डोका,नाङ्गला,चिङ्गग्रा लगायतका बिभिन्न सामाग्री गाउँ–गाउँमा बिक्री गर्ने गरेका छन् । बाजुराको छेडेदह गाउँपालिका वडा नं। ६ का ५५ बर्षिया गोविन्द्र रावतको भने यस्तै दैनिक रहेको छ । 

गत आईतवार सदरमुकाममा डोका,नाङ्गला र चिङ्गग्रा लगायतका निकालोले बुनेका सामानहरु ल्याएर पुग्नुभएको थियो । करिव ६÷७ घण्टाको पैदल दुरीबाट हातले बुनेका सामाग्रीहरु बिक्री गर्ने सदरमुकाम मार्तडी पुगेको रावतले बताए । 

गाउँमा बनाएका निकालोका सामाग्रीहरु साविकका गाविसहरु गुदुखाती, ब्रहमतोला, कुल्देवमाण्डौँ, कैलाशमाण्डौ, बुढीगंगा र छिमेकी जिल्ला अछाम र बझाङ्गमा समेत बिक्री गदैँ आएको उनको भनाई रहेको छ । 

पछिल्लो समयदेखि लेकाली जङ्गलहरुमा निकालो उत्पादनमा कमी हुनु र कतिपयले निकालो उत्पादन हुने बन क्षेत्रमा आगो लगाउन थालेपछि निकालोको उत्पादनमा कमी आउने गरेको छ । 

पहिले घर नजिकैको जङ्गगलमा पाउने निकालो अहिले धेरै अग्लो र टाढाको जङ्गगलमा पाउने गरेको छ । रावतले निकालोबाट बुनेका बिभिन्न सामाग्रीहरु बेचेर बार्षिक १ लाख ८० हजार सम्म आम्दानी हुने गरेको बताए ।

डोका,नाङ्गला र चिङ्गग्रा,डालो,छाप्रो लगायतका सामाग्रीहरुले बजार पाएपनि बनङ्गगलमा निकालो उत्पादनमा कमी हुदै गएको उनले बताए ।  

निकालो लिन पहिले दुई घण्टा लाग्ने जङ्गगलमा अहिले दिनभर खोजेर निकालो ल्याउने बाध्यता सिर्जना भएकोले यसका लागि जिल्ला बन कार्यालयले पनि ध्यान दिन आवश्यक रहेको छ उनले भने । 

पहिले भन्दा अहिले बनजङ्गगलमा निकालो सकिन थालेपछि आफ्नो पेशा समेत धरापमा पर्ने र लोप हुने चिन्तामा आफु रहेको समेत बताए । 

निकालोको व्यवसायबाट आफ्नो जहान परिवारको पालन पोषण र दुई छोरीछोरीको पढाई खर्च समेत चलेको हाम्रा कुरा संग बताए । जिल्लाका मानाकोट,दहकोट,आटीचौर,गुदुखाती,डोगडी,काँडा लगायतको अधिकांस साविकको गाविसहरुका स्थानियहरुले डोका बुनेर आम्दानी गरी घर खर्च चलाउँदै आएका छन् ।  

लामो समय सम्म अग्लो लेकमा भैसी लिएर डोका,नाङ्गला,डाला सुपा लगायतका सामाग्री बुनेर पैसा र अन्न लगायतका बालीबाट साटेर बिक्री गर्ने गरेको गौमुल गाउँपालिका वडा नं ४ का स्थानिय खगेन्द्र बादीले बताए । आफु डोका नाङ्गला नै बेचेर घरपरिवारर आफ्नो जिविको पार्जेन गर्ने बादीको भनाई रहेको छ । 

निकालोबाट बुन्ने व्यवसायको संरक्षण र प्रबर्दनका लागि सम्बन्धित स्थानिय तहरुले बजेट बिनियोजन गर्नुपर्ने आवश्यक रहेको देखिन्छ । पेशा व्यवसायलाई जोगाई राख्नका लागि गाउँ तथा नगरपालिकाहरुले आवश्यक बजेट विनियोजन गरेको भन छैन् । 

हातले बुन्ने निकालो र बाँसका सामाग्रीहरुको आवश्यक उपकरणको प्रयोग गर्ने पाए अझैँ समयको बचत र व्यवसाय सुनौलो बन्ने व्यपसायीहरुले बताउने गरेका छन् । 

परम्परागत रुपमा हातले निमार्ण तथा बन्ने निकालाका सामाग्रीहरु बिभिन्न देशको राजधानी काठमाण्डौँ शहरहरु धनगढी,नेपालगञ्ज लगायतका ठाउँमा निर्यात हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ