arrow

पाँचौ प्राचिन कपिलवस्तु समापन

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ चैत २ शुक्रबार
kapilvastu-mela.jpg

कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा  ५ औं प्राचिन  कपिलवस्तु महोत्सवको सम्पन्न भएको छ  । मेलाको समापन  गर्दे कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले कपिलवस्तुको विकासको मुख्य ऐजेण्डा पर्यटन र स्थानीय सहभागितामा विकास भएको बताए ।

त्यसको लागी सबैको सहयोग चाहीने बताए ।  त्यस्तै कार्यक्रममा पुर्व राजदुत दिपकुमार उपाध्ययले जिल्लामा सय भन्दा बढि बुद्ध संग जोडिएका स्थलहरुको प्रचार प्रसार र संरक्षण गर्नुपर्ने वेला आएको हुंदा आफुले पहल गरेको वताए । त्यसका साथै जिल्लाका स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधी सभा सदस्यहरु एक ठाउंमा बसेर जिल्लाको विकासको लागी मार्ग कोरी सो मार्ग कायान्यवन गर्नुपर्ने बताए ।  

पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने उद्देश्यले तौलिहवाको बुद्धपद्म उमाविको मैदानमा फागुन २० देखि ३० सम्म संचालनमा रहेको थियो । “कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रबद्र्धन, पर्यटन, कृषी, उधोग र व्यापार “  भन्ने नाराका साथ  मेला सम्पन्न भएको थियो   । बिगत ४ बर्ष देखि सदरमुकाम तौलिहवामा लाग्दै आएको  महोत्सव रातिको सयममा लाग्ने गरेको थियो  ।

 ऐतिहासिक र पर्यटकीय स्थलको प्रचारप्रसार, स्थानीय उत्पादनहरुलाई बढवा दिने उद्दश्यले महोत्सव राखिएको हो ।  महोत्सवमा कृषि, पर्यटन,  ब्यापार, बाल उद्यान, मनोरजंन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरुका रहेका थिए  । मेला सफल पार्न सहयोग गर्ने सबैलाई मेलाका संयोजक गयादिन कुर्मीले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त समारोहमा  प्रमुख जिल्ला अधिकारी मदन भुजेल , यशोधरा गाउंपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेय, मायादेवी गाउंपालिकाका अध्यक्ष बजरगि चौधरी, नेपाली कागेंसका पुर्व सभापति सुधाकर पाण्डेय, राजपका संयोजक कालिपद शर्मा, लुम्विनी विकास कोषका सदस्य राजेश ज्ञवाली, हज कमिटिका सदस्य रउफ अहमद खां, वडा अध्यक्ष सुदिप पौडेल  युवा नेता सुरज कुमार अग्रहरी  लगायतले महोत्सवको सफल भएको बारे चर्चा गरेका थिए । संघका महासचिव अर्जुन चापागाईको संचालन र सदस्य संदिप श्रीवास्तवको स्वागतमा  समापन  सत्र सम्पन्न भएको थियो ।

महोत्सवमा १ लाख ५० हजार दर्शककले अवलोकन गरेको र १ करोड ५० लाख बढिको कारोवार भएको आयोजकले दावी गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ