arrow

अपहरण र डकैतीमा संलग्न पाँच अभियुक्त पक्राउ

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
nepal-police-Fn.png.png
हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठगी गर्ने एक र अपहरण र डकैतीमा संलग्न पाँच अभियुक्त पक्राउ गरी  सार्वजनिक गरेको छ । 
 
माघ १६ गते हेटौँडा – २४ फुर्केचौरमा पाँच अभियुक्तलाई सुमित्रा मेडिकलका सञ्चालक मधुरेन्द्रप्रसाद जयसवाललाई नजिकै जङ्गलमा बोलाई नियन्त्रणमा लिएर सुन र रकम दिन धम्क्याएको अभियोग लगाइएको छ । अभियुक्तमा हेटौँडा–५ बस्ने संजोक मोक्तान, हेटौँडा–८ का नवीन बर्तौला र अर्चन पुन, सर्लाही हरिऔन –८ का सशस्त्र प्रहरी सहायक हवल्दार ज्योति नेपाली, बर्दिया सानीश्री–२ का सशस्त्र प्रहरी जवान तेजबहादुर सुनार छन् । 
 
त्यसैगरी जडीबुटी व्यापारको इजाजतपत्र बनाइदिन्छु भनी बागलुङ दर्लिङ –२ का युद्ध केसीलाई हेटौँडामा पाँच लाख ५० हजार र बुर्तिवाङ–१ का रामलाल पाण्डेलाई बुटवलमा बोलाई  १२ लाख ठगी गर्ने मुख्य अभियुक्त ओखलढुङ्गा तारकेराबारी–५ बस्ने होमबहादुर पौडेललाई यही माघ १३ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको हो ।



नयाँ