एनसीसी बैंक घोटाला आरोपितको नाम सार्वजनिक, यस्ता छन् कसुर
प्रकाशित २०७४ चैत २ शुक्रबार
298
Shares
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले एनसीसी बैंकको घाटाला प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ गरेका मध्ये १३ जनाको नाम सार्वजनिक गरेको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैक लि। मा मिति २०७२ साल मंसिर ११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरे पश्चात मर्जरको फाइदा उठाउदै तत्कालीन एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई एक अर्ब पचास करोड छयान्नब्बे लाख तेतिस हजार नौ सय चौरासी रुपैयाँ हानी-नोक्सानी पुर्याउने मध्येका १३ जनाको नाम सार्वजनिक गरिएको ब्यूरोले जनाएको छ ।
को को परे पक्राउ ?
विष्णु प्रसाद धिताल तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
ईच्छा बहादुर गुरुङ तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
सुवर्ण राज भण्डारी, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
मधुवन लाल श्रेष्ठ तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
ऋषी राज भट्ट तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
दुर्गा दत्त जोशी, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
रामचन्द्र बसौला तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
बिकास श्रेष्ठ तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
सागर नेउपाने तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
मान ब। राउत तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
विनित मणि उपाध्याय तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
मोहन खरेल तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
सुदिप थापा तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
के के हुन् अनियमितता ?
- कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।
- कृतिम ऋणीहरु खडा गरिएको ।
- निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
- ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
- मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
- धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।
- कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
- कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
- सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।
- एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
- सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।
- अधि कांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।