arrow

राजनीतिक विचारका आधारमा विभेद हुन्न : मन्त्री महासेठ

logo
प्रकाशित २०७४ चैत ३ शनिबार
raghubi-minister.jpg

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी ५ वर्षभित्रमा विकास र समृद्धिका विषयमा जनतासामु गरेको वाचा पूरा गर्ने ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन्। मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “अब देश र जनताको हितमा काम गर्नुस्, राम्रो काम गर्नेको राम्रै मूल्यांकन हुनेछ, म कुनै राजनीतिक विचारसँग सरोकार राख्दिन।”

आर्थिक समृद्धि र पूर्वाधार विकासको कामलाई तीव्रता दिने विषयमा प्रधानमन्त्रीको चासोलाई बुझेर काम गर्न आवश्यक रहेको बताउँदै मन्त्री महासेठले थोरै समयमा धेरै काम गरेर राम्रो परिणाम दिन सक्नुपर्दछ भने।

यसअघि मन्त्रालयका सचिव देवेन्द्रबहादुर कार्कीले मन्त्री महासेठलाई मन्त्रालय मातहत सञ्चालन गरेका आयोजनाका बारेमा जानकारी गराउँदै मुलुकमा पूर्वाधार निर्माणमा नेतृत्वले दिने निर्देशनलाई हामीले कटिबद्ध र प्रतिबद्धताका साथ काम गरी निकै सकारात्मक नतिजा दिलाउने अठोट व्यक्त गरे। नवनियुक्ति मन्त्री महासेठसँग एमालेका पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री भएर काम गरेको अनुभव छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ