arrow

थ्रिस्टारलाई तिलोत्तमा गोल्डकपको उपाधि

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत ३ शनिबार
three-star.jpg

बुटवल । २० औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिताको उपाधि थ्रिस्टर क्लवले जितेको छ ।  बुटवलको एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाईनल खेलमा बिभागिय टिम नेपाल पुलिस लाई सुन्यका बिरुद्ध २ गोल गदै थ्रिस्टारले उपाधि हात पारेको हो ।

 थ्रिस्टारले एक गोल उपहार पायो भने एक गोल खेलको ७९ औं मिनेटमा टिम क्याप्टेन निराजन खड्काले गरे । थ्रि स्टारका सुनिल बलमे लेफट कर्नरबाट दिएको बललाई टिमक्याप्टेन खड्काले सजिलै गोलमा परिणत गरेका थिए । त्यस अघि खेलको ६५ औं मिनेटमा पुलिसका टिम क्याप्टने रविन श्रेष्ठको पोष्टमा बललाई रोक्न खोज्दा आत्मघाती गोल गरेका थिए । थ्रिस्टारका बिमल घर्तिमगरको क्रस बलालाई श्रेष्ठवले रोक्न खोज्दा थ्रिस्टारका मार्टीनले प्रेसर दिदा आत्मघाती गोल हुन पुगेको थियो । नेपाल पुलिसको कमजोर डिफेन्सको फाईदा उठाउदै थ्रिस्टारले उपाधि आफ्नो पोल्टामा पारेको हो । थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले अनुभवी खेलाडिले उत्कृष्ट प्रर्दशन गर्दा खेल आफ्नो पक्षमा गएको उनले प्रतिक्रिया दिए ।

यता विधागत पुरस्कारतर्फ पनि थ्रिस्टार हावी भयो । थ्रिस्टारका एलन न्यौपाने उत्कृष्ट गोलरक्षक, टिम क्याप्टेन रिाजन खड्का सर्वोउत्कृष्ट खेलाडि, टिम कोच मघराज केसी उत्केष्ट कोच घोषित भए । सर्वोउत्कृष्ट खेलाडि घोषित थ्रिस्टारका टिम क्याप्टेन निराजन खड्काले स्कुटर हात पारे । त्यस्तै उत्कृष्ट मिठ फिल्डरमा नेपाल पुलिसका भोला सिलवाल, उकृष्ट स्पाईकर पुलिसकै रेजिन सुव्वा र रुपन्देही ११ पुर्ण बहादुर श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुले नगद २१ ह्जार प्राप्त गरे ।  

प्रतियोगिताको उपाधि जितेको थ्रिस्टारले नगद सात लाख ७७ हजार ७ सय ७७ रुपैया प्राप्त गर्यो । त्यसै गरि उपबिजेता बनेको नेपाल पुलिसले चार लाख ४४ हाजर ४ सय ४४  रुपैयामा चित्त बुझायो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले उक्त पुरस्कार बितरण गरेका थिए । जिल्ला फुटवल संघको अयोजनामा फागुन २४ गते बाट प्रतियोगिता सुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ