arrow

किन यसो भने नेपाली क्रिकेटबारे धोनीले ?

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
dhoni.gif

काठमाडौं। नेपाली क्रिकेटले अहिले जताततैबाट वाहीवाही पाइरहेको छ। नेपालले ३० वर्षदेखि आइसीसीको सदस्य भए पनि पहिलो पटक अहिले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएको हो। यसैले विश्वका चर्चित खेलाडीहरुले नेपालप्रति खुसी व्यक्त गरेका छन्। भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले पनि नेपालले एक दिवसीय मान्यता पाउनुलाई अवसरको रुपमा लिनु पर्ने बताएका छन्। 

उनले भारतको हिन्दूस्तान टाइम्सलाई भनेका छन्, ‘नेपालले एक दिवसीय मान्यताको अवसरलाई कमजोर पार्ने छैन।’ धोनीले नेपालले एक दिवसीय मान्यता पाउने ग्लोवल क्रिकेट विकासका लागि वरदान भए पनि त्यो भने नेपाललाई ठुलो चुनौतीको सामना गर्नेु पर्ने  प्रतिक्रिया दिए। 

गत शुक्रबार नेपाली टिमका कप्तान पारस खड्का र नेपाली टिमलाई बधाइ दिँदै भने ‘यो उनीहरुको मेहनतको नतिजा हो  र मलाई यो लाग्छ कि सानो देशको सहभागिताले विश्वभर क्रिकेटको स्तर कमजोर हुने छैन।’ उनले अगाडि भने, ‘खेलकुद मनोरन्जनका लागि हो, नेपालीले केही सुधारोन्मुख भएको हेर्न चाहन्छन्। ’

किन यसो भने ? 
धोनीलाई नेपाली क्रिकेटबारे जानकारी छ। छिमेकीका नाताले उनी एक पटक नेपाल पनि आएका थिए। नेपालमा पूर्वाधार छैन। खेलाडीले मेहनतले यहाँसम्म पुगेका हुन्। जबसम्म खेलाडीहरुले पूर्वाधारयुक्त वातावरण पाउँदैनन् तबसम्म यो दीगो हुन सक्दैन। 

नेपालले एक दिवसीय स्टाटसलाई टिकाइराख्न पनि नेपाल सरकार गम्भीर हुनुपर्छ। तत्काल यहाँ भएका पूर्वाधारहरुलाई व्यवस्थित गराउन सक्नुपर्छ। अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउनु पर्छ। अनिमात्र एकआपसमा क्रिकेट खेल्न अन्य टिम नेपाल आउन सक्छन्। नेपाल पनि विदेश जाने वातावरण बन्न सक्छ। 

कप्तान पारस खड्काले सोमबार नेपाल फर्किएपछि भनेका छन्, ‘हामीले सक्दो खेल्यौं, अब भौतिक पूर्वाधार चाहियो।’ यो भनाइ र धोनीले नेपालप्रति देखाएको चिन्ता एउटै हो। यदि नेपाल सरकार गम्भीर भएर नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्नका लागि आइसीसी समक्ष आग्रह गर्ने हो भने त्यो सम्भव छ। नेपालले क्रिकेट खेलमा विकास गर्छु भन्यो भने छिमेकी भारतले राम्रो सहयोग गर्नेमा दुई मत छैन।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ