arrow

भारतीय राजदूत राय बिहानै प्रचण्ड निवासमा, नाकाबन्दीकै चंगुलको गफ

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
dahal-raye.jpg.jpeg
काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेर भेट गरेका छन् । बिहान दाहाल निवास लाजिम्पाट पुगेका रायले नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भइरहेको छलफलको प्रगतिबारे कुराकानी गरे । 
भेटका क्रममा अध्यक्ष दाहालले नाकाबन्दी चाँडो अन्त्य गर्न भारतीय राजदूतलाई आग्रह गरे । भारतीय राजदूत रायले दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताए ।
 
यसअघि, सोमबार पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा दाहालले भारतीय पक्षले नेपालको सिमाङ्कनमा चाँसो राखेको बताएका थिए । दाहालले आफुहरुले भारतीय नेतासामु दलहरुबीच भएको सैद्धान्तिक सहमतिको मात्रै सूचना चुहाएको स्वीकारेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका दाहाल पछिल्लो समय सम्वादमा सक्रिय भएका छन् । 
 
यसैबीच, परराष्ट्र अधिकारीहरुले हाल सम्म भारतले नाकाबन्दी गरेको कुनै आधिकारिक प्रमाण नभएकाले नाकाबन्दी अन्योलको विषय भएको बताएका छन् । तर, परराष्ट्रमन्त्री कमल थापाले नाकाबन्दी अन्त्य भइसकेको बताएका छन् । मन्त्री थापाले नाकाबन्दी अन्त्य भएको बताएपनि मुख्य नाका रक्सौल सहज भएको छैन । कालोबजारी र अभाव कायमै छ ।    
 
सिंहदरबार वार्ता  
मुख तीन राजनीतिक दल र मोर्चाका नेताबीच सोमबार बेलुकी भएको छलफलले यसअघि गठन भएको कार्यदलमा मोर्चासँग भएका सहमतिबाटै अघि बढेर छलफल टुङ्ग्याउने निस्कर्ष निकाल्यो । बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले आइतबार उच्चस्तरीय राजनीतिक समन्वय समितिमा छलफल गरी पास भए अनुसार बैठक बसेको जानकारी दिए । शीर्षनेताहरु सम्वाद टुटेकै ठाउँबाट कार्यदललाई सम्वाद अघि बढाउने प्रतिवद्ध भए ।
 
यद्यपि, नाका अवरोध र मधेस आन्दोलनबारे उपयुक्त वातावरण बनाउन अझै सहमति जुटिसकेको छैन । सोमबार बिहान अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी मोर्चासँगको बैठक बसाउने पहल गरे । बैठकले छिटै अर्को बैठक बस्ने निर्णय गरेको छ । यद्यपि, कुन दिन कहाँ बस्ने भन्नेबारे दाहालले केही भनेनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ