arrow

विवादास्पदहरुले सुरुदेखि नै घेरिए मन्त्री विष्ट

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
bayo.jpg

काठमाडौं । मलेसिया रोजगारीमा जाने नेपाली युवाहरुसँग विभिन्न शीर्षकमा रकम असुल्दै आएको समूहको घेरामा श्रम तथा रोजगार मन्त्री गोकर्णराज बिष्ट परेका छन् । बायोमेट्रिकका नाममा नेपाली कामदारबाट मोटो रकम उठाउँदै आएको ३९ वटा स्वास्थ्य ब्यवसायीहरुले सोमबार मन्त्री बिष्टलार्ई मन्त्रालयमै गएर बधाई दिएका छन् ।

बायोमेट्रिकका नाममा गरिब नेपालीबाट १८ हजार ४ सय ८० असुली गर्ने कैलाश खड्का मन्त्री बिष्टलाई पुष्पगुच्छा अर्पण गर्दै देखिन थालेपछि  विष्टका समर्थक भने निराश भएका हुन् । बायोमेट्रिकको नाममा अनेक संस्था खडा गरी नेपाली कामदारसँग चर्को शुल्क लिने ३९ वटा संस्था आवद्ध स्वास्थ्य ब्यवसायी संघका अध्यक्ष कैलाश खड्काले मन्त्री बिष्टलाई सोमबार बधाइ दिन पुगेका थिए। ३९ वटा संस्थाको सिन्डिकेट बनाएर कैलाश खड्काहरुले ४ बर्षदेखि बायोमेट्रिकका नाममा १८ हजार ४ सय ८० रुपैयाँ लिंदैआएको छ। यसअघि मलेसिया जाने नेपालीहरुले स्वास्थ्य परीक्षण शुल्क र प्रवेशाज्ञाको लागि ७ सय मात्र तिर्नुपथ्र्यो । तर ४ बर्षदेखि १८ हजार ४ सय ८० बुझाउँदै आएका छन् ।

विगतका मन्त्रीहरुसँग सेटिङ गरि करोडौं रुपैयाँको चलरवेल गरि वायोमेटिकका नाममा रवड्काहरुले नेपाली कामदारहरुबाट चर्को शुल्क लिंदै आएका छन्। 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति पनि बायोमेट्रिकको घुस र यूरोप अष्टेलिया घुमेर कामदारको शोषणको पक्षमा उभिन पुगे । वर्तमान केपी ओली नेतृत्वको सरकार आएपछि बायोमेट्रिकका नाममा लाखौं कामदारहरु ठगिनबाट जोगिने अपेक्षा गरिएको थियो।

वाम गठबन्धन सरकारले सुशासन स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरेका कारण पनि बैदेशिक रोजगारीमा जाने सन्ततिका अभिभावकहरुले मत दिएका थिए । तर त्यो मतको कदर गरी बायोमेट्रिकका नाममा हुने ठगीलाई खारेज गर्नुको साटो तिनै ठगीमा संलग्नहरुको पुष्पगुच्छा मन्त्री बिष्टले लिएका छन् ।

बैदेशिक रोजगारीमा जानेहरुले घरखेत बन्धकी राखेर साहुबाट चर्को ब्याजमा लिएको ऋणमध्ये १४ हजार भन्दा बढी अनावश्यक रुपमा बीचौलियालाई बुझाउनुपर्ने बाध्यता मन्त्री बिष्टले हटाउने अपेक्षा गरेका थिए । तर मन्त्री बिष्ट नै तिनै बीचौलिया कैलाश खड्काहरुको घेरामा परेर पुष्पगुच्छा लिएपछि कामदारहरु सशंकित भएका छन् ।

बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षणदेखि विभिन्न शीर्षकमा असुली रोक्न माग गर्दै बैदेशिक रोजगार ब्यवसायी संघ, नेपाल मेडिकल ब्यवसायी संघदेखि विभिन्न संघ संस्थाहरुले आन्दोलन गर्नेदेखि मन्त्रालयमा ज्ञापनपत्र दिए । हरेक मन्त्रीले रोक्ने आश्वासन दिए पनि ३९ वटा स्वास्थ्य संस्थाहरुबाट संकलन गरी कैलाश खड्काहरुले करोडौं घुस खुवाएर कामदार ठगी गरिरहेका छन् ।

४ बर्षअघिदेखि बिचौलीयाको चलखेलका कारण विगतको भन्दा १४ हजार ७ सय ८० रुपैयाँ बढी नेपाली कामदारले तिर्नुपरेको छ । यसरी बीचौलियाका कारण कामदार चर्को ठगीमा परेका छन् । तर तिनै बायोमेट्रिकका पक्षधरहरुले मन्त्री बिष्टलाई सोमबार बधाइका पुष्पगुच्छा दिएर बधाइ दिएका छन् । र, कैलाश खड्काहरु मन्त्री बिष्टलाई मिलाइसकेको भन्दै बायोमेट्रिकका नाममा लिंदैआएको शुल्क खारेज नहुने भन्न थालिसकेका छन् ।

मलेसियाले विश्वका १४ मुलुकबाट कामदार लिने गरे पनि केबल नेपालमा मात्रै यस्ता एजेन्सीले प्रभाव र दबाबमा पारी कामदारबाट अवैध रुपमा रकम उठाइरहेका छन् । भिएलएन नेपाल, बायोमेट्रिक, माईग्राम, ओएससी, आईएससी जस्ता एजेन्सीमार्फत् कामदारमाथि थप आर्थिक भार थोपरिरहेका छन् । जुन रकम नेपालका कैलाश खड्का र मलेसियामा पनि बीचौलियाहरुले नै उठाउने गरेका छन् । बायोमेट्रिक अवैध हो, यो खारेज हुनुपर्छ भनेर श्रम मन्त्रालयले गठन गरेको समिटिले रिपोर्ट दिइसकेको छ । तर त्यो रिपोर्ट मन्त्रालयको घर्रामा धुलो लागेर बसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ