arrow

शिक्षकले फेल गराएपछि ९ कक्षाकी छात्राद्धारा आत्महत्या 

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
suicide-student.jpg

काठमाडौं । शिक्षकले परीक्षामा कम अंक दिएको भन्दै एक १६ वर्षे छात्राले आत्महत्या गरेकी छिन् । भारतको मयुर विहारस्थित एक नामी स्कुलकी इकिशा शाहले मंगलबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् । 

उनको परिवार नोयडाको सेक्टर –५२ मा बस्दै आएको छ । उनका बाबु राघव शाह प्रतिद्ध कथक डान्सर बिरजू महाराजका शिष्य हुन् । परिवारले इकिशा लामो समयदेखि डिप्रेशनमा रहेकी थिइन् । 

उनले स्कुलका दुई शिक्षकले गलत तरिकाले छुने गरेको उजुरी पनि गरेकी थिइन् । तर शिक्षकहरुले उल्टै परीक्षामा फेल गरिदिने धम्की दिँदै आएका थिए । 

उनका बाबुको बयान – छोरीले मसंग दुई शिक्षकले एकान्तमा छुने गरेका छन् । दुवैले मलाई फेल गरिदिन्छन् । यस्तै भयो । मैले भन्ने गरेको थिएँ –छोरी शिक्षक गुरु हुन् ।

तैपनि उनीहरुसंग केही टाढै रहनु । मेरी छोरीलाई ७ नम्बर दिएका छन् । स्कुलका प्रिन्सिपल पनि छोरीसंग राम्रोसंग कुरा गर्दैैनथे ।’

झुण्डिनु २० मिनेट पहिले इकिशाले उनका बाबुलाई फोन गरेर आफ्ना लागि कुनै कपडा ल्याउन लागेको हो ? भन्दै फोन गरेकी थिइन् । 

गत १६ मार्चमा आएको परीक्षाको नतिजामा दुई विषयमा इकिशा फेल भएकी थिइन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ