arrow

मन्थ्ली टेनिस प्रतियोगिता पोखरामा जारी 

logo
सरिता तिम्सिना पंगेनी
प्रकाशित २०७४ चैत ८ बिहिबार
tennis.jpg

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा दोश्रो संस्करणको मन्थ्ली टेनिस प्रतियोगिता बुधबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । दोश्रो संस्करणको प्रतियोगिता चिप्लेढुङ्गा स्थित मेसुका स्पोर्टको संयोजनमा भएको हो ।

प्रतियोगिताको उद्घाटन दिन कास्कीका प्रहरी प्रमुख समेत रहेका एसपी अशोक सिंहले विजयी शुरुवात गरेका छन् । उनले सुरेश कुमार श्रेष्ठमाथि ६–२ र ७–५ को सहज सेटमा जित निकाले ।

प्रतियोगिताको पहिलो दिन अन्य नौं खेलहरु सम्पन्न भए । सम्पन्न खेलहरुमा शम्भु गुरुङ्गले राजन विजुक्छेलाई ७–६, २–६ र १०–६ ले, शिव सुवेदीले दिपेश तामाङ्गलाई ६–३, ६–४ ले, राजु गुरुङ्गले शान्तालाल श्रेष्ठलाई ६–२, ६–४ ले, सुनिल श्रेष्ठले धर्मराज कोइरालालाई ४–६, ०–२ र रिटायर्ड हर्टमा र विकास गुरुङ्गले राजकुमार घिमिरेलाई ६–३, ६–० ले पराजित गरे ।


शरण गुरुङ्गले डादेव थापाबाट वाकओभर पाए भने लक्ष्मण पहारीले चन्द्र लामालाई ६–४, ६–२ ले, रामराजा कार्कीले सुनिल भट्टराईलाई ६–४, ६–४ ले पराजित गर्दै दोश्रो चरणमा स्थान सुरक्षित पारेका छन् ।

यसअघि पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले प्रतियोगिता निर्देशक प्रदिप खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितिय, तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद सहित ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने मेसुका स्पोर्टका सञ्चालक राजु गुरुङ्गले जानकारी दिए ।

आगामी आइतबार सम्म सञ्चालन हुने प्रतियोगितामा कास्कीका ३५ वर्ष माथिका २८ खेलाडीको सहभागिता रहेको छ । मन्थ्ली प्रतियोगिताको पहिलो संस्करण लेकसाइडको प्याराडिसो स्पोर्ट वार एण्ड ग्रिलले आयोजना गर्दा गोपीबहादुर भट्टराईले उपाधी जितेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ