गल्ती स्वीकारे जुकरबर्गले : भन्छन् मै जिम्मा लिन्छु र एकदम कडाइ गर्छु
प्रकाशित २०७४ चैत ८ बिहिबार
475
Shares
एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले, आफ्नो सामाजिक संजालले गल्ती गरेको स्वीकार गरेका छन् । लाखौं फेसबुक प्रयोगकर्ताको विवरण राजनैतिक कारोबारीले शोषण गरेको भन्दै जुकरबर्गले फेसबुकबाट गल्ती भएको स्वीकार गरेका हुन् ।
राजनीतिक ग्राहकका लागि क्याम्ब्रिज एनालाइटिकाले लाखौं फेसबुक प्रयोगकर्ताका विवरण अवैध तरीकाले प्रयोग गरेको आरोप लागेको छ । फेसबुकबाटै पहिलो वक्तव्य दिँदै जुकरबर्गले “विश्वासघात'' भएको बताएका हुन् ।
साथै उनले प्रयोगकर्ताको विवरण सुरक्षित बनाउन फेसबुकमा कठिन खालको एप्लिकेशन राखिने वाचा पनि गरेका छन् । फेसबुकका प्रमुख कार्यकारी जुकरबर्गले भनेका छन् “तपाईंको विवरण सुरक्षित गर्नु हाम्रो दायित्व हो, यदि हामीले सकेनौं(सुरक्षा गर्न) भने, हामी तपाईंको सेवाका लागि लायक हुँदैनौं । मैले फेसबुक शुरु गरें, अनि अन्तमा हाम्रो संजालमा हुने गतिविधिप्रति म नै जिम्मेवार हुनुपर्छ“ । जुकरबर्गले के गर्छु भनेका छन् ?
लाखौंको संख्यामा प्रयोगकर्ताको विवरण हेर्ने गरी उनीहरुले कसरी पहूँच बढाए भन्नेबारेमा फेसबुकका सबै एप्लिकेशनको अनुसन्धान गर्ने ।
शंकास्पद गतिविधि देखिने कुनै पनि एप्लिकेशनको पूर्णरुपमा जाँचपड्ताल गर्ने
पूर्ण लेखा परीक्षण गर्न असहमत हुने कुनै पनि एप्लिकेशन उत्पादक(डेभलपर)माथि प्रतिबन्ध लगाउने
व्यक्तित रुपमै पहिचान गर्न सकिने विवरणको दुरुपयो गरेका उत्पादकमाथि प्रतिबन्ध लगाउने र असर परेका सबै प्रयोगकर्तालाई उनीहरुकोबारेमा भण्डाफोर गरिदिने
अभिष्यमा हुनसक्ने दुरुपयोग रोक्न प्रयोगकर्ताका विवरणमा उत्पादकहको पहूँचमाथि कडाइ गर्ने
प्रयोगकर्ताले कुनै पनि उत्पादकको एप्लिकेशन ३ महिनासम्म सक्रिय नगरेको पाइएमा, त्यस्ता उत्पादकको प्रयोगकर्ताको विवरणसम्मको पहूँच हटाइदिने लगायत
फेसबुकका ५ करोडभन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने फर्मले अनधिकृत रुपमा प्रयोग गरेको आरोप लागेपछि आलोचना सुरु भएको हो ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्ब्रिज एनालिटिकाले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ ।