arrow

वेष्टइन्डिज विश्वकपमा, स्कटल्याण्ड बाहिरियो

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
water.jpg

काठमाडौं । वेष्टइन्डिज विश्वकप एक दिवसीय क्रिकेटका लागि छानिएको छ । बुधबार राति भएको खेलमा स्कटल्याण्डलाई ५ रनको झिनो स्कोरमा हराउँदै वेष्टइन्डिज विश्वकपमा पुगेको हो । 

१९८ रनको सामान्य चुनौती पछ्याउँदै गर्दा पानीले खेल पूरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार स्कटल्याण्ड ५ रनले पराजित भयो । 

वर्षाले खेल रोकिनु अघि स्कटल्याण्डले ३५.२ ओभरमा ५ विकेटको नोक्सानीमा १२५ रन बनाएको थियो । 

जितले वेष्टइन्डिजले जिम्बावेमा भइरहेको विश्वकप छनोटको फाइनलमा ठाउँ बनाएको छ । 

वेष्टइन्डिज सुपर सिक्समा ५ खेलबाट ८ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । 
आयोजक जिम्बावे र स्कटल्याण्डको ५–५ अंक भए पनि जिम्बावे रनरेटमा अगाडि छ । 

जिम्बावेले बिहिबार युएईसंग खेल्दैछ । यसअघिका ४ खेलमा पराजय भइसकेको युएई कमजोर छ । जिम्बाले विश्वकप नजिक पुगेको छ । 

सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान र आयरल्याण्ड खेल्नेछन् । 

जिम्बाबे युएईसंग पराजित भए आयरल्याण्ड र अफगानिस्तानबीचको खेलको विजेता विश्वकपमा पुग्नेछ । आयरल्याण्ड र अफगानिस्तानको ४–४ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ