arrow

पर्यटनमन्त्रीको पहलमा काठमाडौं-सुर्खेत उडान

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
rabindra.png

काठमाडौं ।  काठमाडौंसँग कर्णाली प्रदेशको राजधानी सुर्खेत अबको दुई हप्ता भित्र सिधा हवाई उडान मार्फत जोडिने भएको छ । करिव १ घण्टा उडान भर्नुपर्ने यो यात्रा केहि समय नियमित उडान भए पनि नाकाबन्दी लगत्तै उडान हुन् सकेको थिएन । पर्यटन मन्त्रालयमा बिहिवार भएको छलफलसँगै उडान पक्का बनेको हो ।

बिहिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रदेशका पर्यटनमन्त्री र हवाई सेवा प्रदायकबीच मन्त्रालयमा भएको छलफलमा हवाई सेवा प्रदायकले नियमित उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन  । मन्त्री अधिकारी र कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश मन्त्रीहरुबीच कर्णालीको पर्यटन बिकास सम्बन्धि बुधवार छलफल भएको थियो ।

नाकाबन्दी लगत्तै अवरुद्ध काठमाडौं सुर्खेत उडानलाई पुनः संचालन गर्नेका लागि आयोजित उक्त छलफलमा मन्त्री अधिकारीले काठमाडौं सुर्खेत सिधा उडानका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले कुनै कसुर बाकि नराख्ने बताए । तत्काल उडान सुचारु गर्ने र उडान सम्बन्धि समस्यालाई छलफलका माध्यम बाट समाधान गरिने मन्त्री अधिकारीले बताए  ।
 
'एरलाइन्सले सेवा सहितको ब्यापार गर्नु पर्दछ । आर्थिक उपलब्धि हुदै गर्दा नागरिकलाई सेवाको महसुस हुनु पर्दछ । मन्त्रालयको साथ सधै रहने छ ।' मन्त्री अधिकारीले भने, “यो उडानसँगै कर्णालीको पर्यटनमा साच्चिकै बदलाव आउने छ जसले पर्यटनमा वृद्धि सगै हवाई यातायातलाई सहयोग पुग्ने हुदा पारस्परिक लाभ हुनेछ ” ।

सोहि छलफलमा कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्द सिंह बुढाले भ्रमण बर्ष २०७५ मनाउन लागेको कर्णाली प्रदेसमा हवाई उडान भए काठमाडौं कर्णाली सगै कर्णाली बासीको मुहारमा खुशी जोडिने बताए । सुर्खेत प्रदेस राजधानी भएकोले हरेक गतिबिधि बढे सगै अबका दिनमा हिजोका जस्तो यात्रु नपाएर सेवा अवरुद्ध नहुने बताए ।

केहि समय उडानमा घाटा भए उक्त समयलाई बिषेश सहयोग गर्न केन्द्र सरकार सगै प्रदेस सरकार तयार रहेकोले हवाई सेवा प्रदायक सग उडान संचालन गर्न मन्त्री बुढाले अनुरोध गरेका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव कृष्ण प्रसाद देवकोटाले उडान सेवा सहज बनाउन सम्बन्धित नीति ऐन कानुन मापदण्ड तथा कार्यबिधि आवशयकताका आधारमा परिवर्तन तथा परिमार्जन गरि आउदा दिनमा मन्त्रालयले सहयोग पुर्याउने बताए ।

मन्त्रालयमा भएको छलफलमा सहभागी नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक, नेपाल एरलाइन्स, बुद्धएर, ताराएर, सिताएर सिम्रिक एरलाइन्स सहित बिभिन्न हवाई सेवा प्रदायकको उपस्थिति रहेको थियो ।

उक्त छलफलमा बुद्ध एर र नेपाल एरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा बोल्दै बुद्ध एरका निर्देशकले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरे भने नेपाल एरलाइन्सका प्रमुख सुगतरत्न कंसकारले अबको २१ गते सम्ममा उडान गर्ने बताए  ।  आउदो बैशाख १ गते बाट हुने रारा कर्णाली महोत्सवलाई यो उडानले थप सहयोग पुर्याउने छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ