arrow

अनेरास्ववियुको महाधिवेशनमा सोह्र सय प्रतिनिधि

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
annsfu.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु)को यही माघ २७ गतेदेखि काठमाडौँमा हुने २२ राष्ट्रिय महाधिवेशनमा एक हजार ५५० प्रतिनिधि हुने भएका छन् । देशभरका सबै जिल्ला र क्याम्पसबाट गरी ती प्रतिनिधि चयन भएको र महाधिवेशनको अन्य तयारी अन्तिम चरणमा पुगेको सङ्गठनका महासचिव तथा प्रतिनिधि व्यवस्थापन समितिका संयोजक नवीना लामाले बताइन् । 
 
महाधिवेशनका लागि उपाध्यक्ष दीपक गौतमको संयोजकत्वमा मूल व्यवस्थापन समिति, उपाध्यक्ष ऐन महरको संयोजकत्वमा प्रचार तथा जन परिचालन समिति, उपाध्यक्ष थोमस बाँस्तोलाको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति गठन गरिएको छ । 
 
‘प्राज्ञ र परिश्रमी जनशक्ति राष्ट्र निर्माणको आधार,  सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन, अनेरास्ववियुको सरोकार’ नारा सम्मेलनको उद्घाटन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २७ गते भृकुटीमण्डपमा गर्ने कार्यक्रम  रहेको छ । 
 
सम्मेलनले १४१ सदस्यीय र तीन केन्द्रीय आयोगमा निर्वाचित गर्नेछ । सङ्गठनको भावी अध्यक्ष लामा र गौतमको प्रतिस्पर्धा हुने देखिएको छ । 



नयाँ