कर्णाली नदीबाट अवैध रुपमा धमाधम निकालिदै ढुङ्गा, गिट्टी
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ चैत १० शनिबार
549
Shares
कैलाली । कैलालीको विभिन्न खोला, नदी, चुरे र बन क्षेत्रबाट अबैधरुपमा ढुङ्गा, बालुवा, गिट्टी उत्खनन् गरी चोरी निकासि हुने क्रम बढ्दै गएको छ । स्थानीय सरकार आएपछि वनजंगल र खोलानालाको संरक्षणको आसमा रहेका नागरीक झनै चिन्तीत बनेका छन ।
हरेक बर्ष बर्षातको समयमा बाढी र पहिरोको उच्च जोखिम बाट समेत बच्न अवश्य पनी जनप्रतिनिधिले केहि पहल अवश्य चाल्छन होला भनेर । तर त्यसो हुन सकेन् । लामो समय देखि स्थानिय जनप्रतिनिधि नहुदा कर्मचारीले देशलाई खाने भए भनेर सार्बजनीक कार्यक्रम, सभा समारोहमै आरोप प्रत्यारोप लागाउने राजनितिक दलका नेताहरु पनी अहिले भने चुपचाप देखिन्छन । तर पहिलेको तुलानामा यस बर्ष भने खुल्लयाम रुपमै अबैध रुपमा चुरे क्षेत्र र खोलानाला बाट ढुड्डा, बालुवा, गिट्टी उत्खनन् गरी चोरी निकासि हुदै आएको स्थानियको जन गुनासो छ ।
हरेक बर्ष झै यस बर्षपनी जिल्लाका चुरे संगै जोडिएका खोलानाला बाट ढुड्डा, बालुवा, गिट्टी उत्खनन्को लागि ठेकेदारलाई ठेका दिएको छ । तर ठेकेदारले आफुलाई परेको ठेका अनुसारको ठाउ बाट ढुङ्गा, बालुवा, गिट्टी उत्खनन् गर्ने गरेको भए पनी त्यस भन्दा ४ गुणाका दरले अबैधरुपमा चुरे क्षेत्रको संबेदनशिलतालाई लत्याउदै उत्खनन् भैरहेको छ ।
हरेक बर्ष छालफेदै आएको कार्णाली नदि भित्रै पसेर डोजर चल्दा समेत बनका कर्मचारी, जन प्रतिनिधि र सुरक्षाकर्मि समेत मुख दर्शक बनेका छन । दिनमा दुई र रातमा चारगुणाका दरले अबैधरुपमा ढुङ्गा, बालुवा, गिट्टी चोरी निकासि हुदै आएको कैलालकिो पुर्बिक्षेत्र लम्कीचुहा नगरपालिका अन्तरगत पर्ने धोबेनी, गोराड्डे, रोरा र कर्णाली नदिमा प्राकिृत स्रोतसाधन संरक्षणको अभाव खड्किएको स्थानिय बताएका छन । स्थानिय जनप्रतिनिधि, राजनितिकदल र बनका कर्मचारीको प्रत्यक्ष संलग्नतामा अबैध रुपमा यस क्षेत्र बाट ढुङ्गा, बालुवा, गिट्टी चोरी निकासि हुदै आएको स्थानियको गुनासो छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को क्षेत्रमा पर्ने कर्णाली, धोबेनी, बल्चौर र गोराड्डे खोला बाट अबैधरुपमा ढुड्डा, बालुवा, गिट्टी उत्खनन् नगर्न आफुले पटक पटक आग्रह गरेपनी अटेर गर्ने गरेको वडा अध्यक्ष भक्तबहादुर चलाउनेको भनाईछ । अबैधरुपमा खोला बाट उत्खनन् हुदै गरेको थाहापाए पछि आफुले नगर प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र वनका कर्मचारीलाई ढुड्डा, बालुवा, गिट्टी चोरी निकासि हुनबाट रोक्न आग्रह समेत गरेको प्रतिक्रिया दिए ।
इलाका बन कार्यालय लम्कीका प्रमुख सहायक बन अधिकृत भरत बहादुर शाहले भने आफुहरुले अबैधरुपमा खोला र बन क्षेत्रमा डोजर चलाउनेलाई पटक पटक चेतावनी दिने गरेको भन्दै आफ्नो जिम्मेवारी बाट पन्छिन खोजे । सहायक बन अधिकृत भरत बहादुर शाह भन्छन् बन संरक्षण गर्नु वन कर्मचारीको मात्र दाईत्व होईन् । सबैले सरोकार राख्नु पर्छ ।
बन तथा खोलानालमा गएर उत्खखनको लागि जेसिवी र स्काबेटरले जिल्ला समन्वय समिति बाट अनिबार्य अनुमति लिनु पर्दछ । जिल्लामा ४÷५ वटा स्काबेटरलाई मात्र उत्खनन्को लागि अनुमति दिएको छ । खोला तथा नदिमा भने अहिले दैनिक १०÷१५ जेसिवी र स्काबेटरले दैनिक उत्खनन् गरी रहेका छन । पछिल्लो समयमा जिल्लाका खोलानाला र बन क्षेत्र बाट अबैधरुपमा ढुड्डा, बालुवा, गिट्टी चोरी निकासि हुदै आएको भन्ने आफुले भरखरै खबर पाएको भन्दै अब आवश्यक कदम चाल्ने बताउछन् जिल्ला संमन्वय समितिका संयोजक सुर्य बहादुर थापा ।
यता स्थानिय सरकारको नेतृत्वमा रहनु भएका लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले भने नगर कार्यपालिकाले खोला र बनमा डोजर चलाउन नदिने निर्णय गरेको बताए । ढुङ्गा, बालुवा, गिट्टीको ठेक्का दिने जिल्ला समन्वय समितिको काम भएकाले अबैध उत्खन् गर्नेलाई कडा कारबाहिको दायरमा ल्याउनु पर्ने नगर प्रमुख बजगाइको भनाई छ ।
वन र प्राकृतिक स्रोत साधनको संरक्षणको जिम्मा पाएको सरोकारवाला निकायका प्रमुख नै एकले अर्कोलाई दोष देखाउदै जिम्मेवारी बाट पन्छीरहेका छन । कस्को हो त ? जिल्लामा रहेका खोला नाला र बन क्षेत्रको संरक्षणको जिम्मेवारी । शक्तामा पुगे संगै आफ्ना आसेपासेलाई डोजर चलाउन अनुमति दिदै कसले खाई रहेको छ त कमिसन । तत्काल खोजविन गरी दोषिलाई कडाभन्दा कडा कारबाहि होस । वन र खोलानालाको दोहोन हैन संरक्षण होस ।